गौर,१७ पुस / नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन बुधबार देहभर बिभिन्न कार्यक्रमको आयोजन गरेर भ्रमण वर्ष २०२० मनाईएको छ । यता रौतहटमा पनि प्रभातफेरी कार्यक्रम र भारतीय पर्यटकलाई स्वागतग गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० को रौतहटमा स्वागत गरिएको छ । रौतहटको प्रमुख जिल्ला अधिकारी किरण थापाको अगुवाईमा १ जनवरीमा बिहान सदरमुकाम गौरमा प्रभातफेरी गरिएको छ । सदरमुकाम गौरको बीपी चोंकदेखि जिल्लाको मूल भन्सार नाका गौरसम्म प्रभातफेरी पछि भारतबाट नेपाल भित्रिँदै गरेका पर्यटकलाई प्रजिअ थापा, भ्रमण वर्षको जिल्ला समन्वय समिति संयोजक उदयनारायण सापकोटा लगायतले स्वागत गरेका थिए । भारतबाट नया“ वर्ष मनाउन नेपाल आउदै गरेका भारतीय पर्यटकलाई भन्सार नाकामै स्वागत गरेपछि पर्यटकहरु पनि दंग परेका थिए । स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी थापाले रौतहटका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकलाई नेपाली संस्कार अनुरुप स्वागत गर्दा देशको कूल गार्हस्थ उत्पादनमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।