चन्द्रपुर,१७ पुस / रौतहटको चन्द्रपुर–३ गैडाटारमा बाल क्लव सचेतनामुलककार्यक्रम अन्र्तगत बाल अधिकार सम्बन्धि १ दिने तालिम सम्पन्न गरिएको छ । जिल्लाको चन्द्रपुर–३ स्थित गैडाटार युवा विकास केन्द्र नेपालको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा सो १ दिने तालिम बुधबार सम्पन्न गरेको हो । तालिममा सहभागी बालबालिकाहरुलाई बाल अधिकार सम्बन्धि चेतनाको विकास गर्नु पर्नेमा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका उपप्रमुख अतिथि रामरती चौधरीले जोड दिनु भयो । बालबालिकाको अधिकार कसैले गरेको पाइएमा हदैसम्मको कार्वाही हुने उपप्रमुख चौधरीको भनाइ रहेको छ । गैडाटार युवा विकास केन्द्र नेपालका अध्यक्ष रमेश तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सो तालिममा चन्द्रपुर नगरपालिकाका कानुनी सल्लाहाकार विपिन गौतम , महिला बालबालिका तथा जेष्ठ नागरिक प्रमुख चन्द्रकला बराल र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि कवित कटुवालले सहजीकरण गर्नु भएको थियो । बालबालिकाको अधिकारको सम्बन्धि जानकारी गौतमले , न्यायका लागी कहा कसरी कुन निकायसंग समन्वयन गर्नेबारे जानकारी कटुवालले दिनु भएको थियो । स्थानिय निकायले बालबालिकालाई दिने सेवा तथा कानुनी सल्लाहबारे बरालले सहजीकरण गर्नु भएको थियो । सो तालिममा गैडाटारका २ सामुदयिक र २ निजि व्यिालयका ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।