रुपेन्द्र पटेल १७ पुस / रौतहटमा टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु भएको छ । जिल्लको चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुर स्थित सुबलाल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर दिदा जिल्लाको बृन्दावन नगरपालिका वडा नं.१ बलरी गाउका ३३ वर्षय बिगल पटेल भन्ने राज कुमार पटेलको मृत्यु भएको हो । ठक्कर लागेपछि उपचारका लागी चन्द्रपुर हस्पिटल प्रा.लिमा लयाउने क्रममा मृत्यु भएको हो । मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएका थिए । ठक्कर दिने टिपर र चालकलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरिएको छ भने मृतक पटेलको शव पोष्टमैडका लागी चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाईएको छ । चन्द्रनिगाहपुरमा टिपरको अतंक बढेको समाचार तराई एक्सप्रेस दैनिक पत्रिकाबाट पटक–पटक प्रकाशन गरेपनि टिपरको आतंक हटन सकेको छैन ।