गौर,२३ पुस / प्रदेश २ का बिभिन्न जिल्लामा आर्थिक अनियमिता गर्ने र घुस बिना कामै नगर्ने प्रबृती बढदै जान थालेको छ ।
बिभिन्न बाहानामा काम गराउन आउने सेवाग्राहीसंग अबैध रकम लिएर काम काम गर्ने प्रबृती बढदै जान थलेको हो ।
पछिल्लो समय रौतहट सहित प्रदेश २ का जिल्लाका स्थानीय तहमा भ्रष्टाचार मौलाउदै जान थालेको छ । स्थानीय तहमा आउने हाकिम देखी जनप्रतिनिधिकै मिलेमतोमा सेवाग्राहीलाई दुख दिएर रकम असूल्ने काम भईरहेको गुनासो बढदै जान थालेको छ ।
रौतहटका सरकारी कार्यालयमा ब्याप्त अनियमिता रोक्ने तर्फ भन्दा मौलाउने तर्फ अग्रसर रहेको पत्रकार प्रमेचन्द्र झाको भनाइ रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटले सोमबार चुरे दोहन गर्दै गरेको अवस्थामा पक्राउ ,बरामद गरेका ८ थान ट्रेक्टर अबैध रुपमा रकम लिएर मंगलबार छाडेको छ ।
यता चन्द्रनिगाहपुरमा रहेको नेपाल बिद्युत प्राधिकरणको शाखा कार्यालयका प्रमुख रामअयोध्या राय यादवले बिना घुस रकम कामै नगर्ने गरेको ब्यापक जन गुनासो आएपनि सो कार्यालयमा कुनै सुधार आउन सकेको छैन् । बिद्युत हाकिमले दुख दियो ,पैसा माग्यो भन्दै सर्बसाधारण नेताको घरमा आउन थालेको सांसद देवप्रसाद तिमलसिनाले बताए ।
रौतहटका स्थानीय तहमा आउने हाकिमहरुको समेत पहिला चुरीखुरी बढने र पछि रकममा ब्यावहार मिलाउने गरेको पाईनछ । यता घुस खोर कर्मचारीहरु पनि अख्तियारको फन्दामा पर्न थालेका छन् ।
वीरगन्ज महानगरपालिकाका कर्मचारी घुससहित पक्राउ परेको हप्ता बित्न नपाउदै सोमबार फेरि पर्साको नापी कार्यालयका अर्का कर्मचारी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसंग ७५ हजार घुस रकम लिदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन् ।
पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले बताए । सेवाग्राहीसँग जग्गा हाल साविक गरी पुनः नापीको जग्गाधनी प्रमाण पूर्जा बनाइदिने भन्दै ७५ हजार घुस लिदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
पर्सामा नै गएको गत पुस १४ गते पनि वीरगन्ज महानगरपालिका लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई अख्तियारले १५ हजार घुस सहित रंगेहात पक्राउ गरेको थियो । यता रौतहटको चन्द्रनिगाहपुरमा रहेको मालपोत कार्यालयका कर्मचारीले समेत स्थानीय लेखन्दास मार्फत सेवाग्राहीसंग बिभिन्न बाहनामा रकम असुल्ने गरेको गुनासो बढदै जान थालेको छ ।
लेखन्दासहरुले कर्मचारीको भाग पहिलानै लिने गरेका कारण उनीहरुले कार्यालय समय सकिएपछि मात्र हिसाव किताव मिलाउने गरेको समाचारस्रोतले बताएको छ ।