अशोक पहाडी ,
चन्द्रपुर,२५ पुस / रौतहटमा नदि दोहन तिब्र रुपमा बढेको छ । जिल्ला समन्वय समिति रौतहट र स्थानीय तहले दिएको मापदण्ड बिपरित नदि दोहन बढेको हो । जिल्लाको बागमती नदि र बकैया खोलामा स्काभेटरनै डुब्ने गरेर खाल्डो बनाउदै खोला दोहन गरेको भएपनि सम्बन्धीत निकाय मौन बसेको हो । बागमती र बकैया खोलामा ठेकेदारले ठुला ठुला खाल्डा बनाएर खोला दोहन गरेका कारण खोलाको धारनै परिवर्तन हुने भन्दै स्थानीयले चर्को बिरोध गरेका छन् । जिल्लाको फतुवा बिजयरपुर नगरपालिका ,चन्द्रपुर नगरपालिका र बृन्दावन नगरपालिकाले लगाएको ठेक्कामा ठेकेदारले मनोमानी गरेको स्थानीयको भनाइ रहेको छ । जिल्ला समन्वय समिति गौरमा एक थान स्काभेटर संचालन वापत दिनको चार हजारका दरले घुस दिनुपर्ने र स्थानीय तहका कर्मचारीलाई समेत सोही अनुसार रकम तिर्नु परेपछि ठेकेदारले स्काभेटरनै डुब्ने खाल्डो बनाएर खोलाजन्य बस्तुको दोहन गरेको गुजरा नगरपालिकाका एक स्थानीयले जानकारी दिएका छन् ।
बागमतीमा खोला उत्खनन गर्ने ठेकेदारले स्काभेटरनै डुब्ने खाल्डो बनाएका कारण आफुले बनाएको खाल्डोमा उस्कै स्काभेटर डुबेको एक स्थानीयले जानकारी दिएका छन् । यता बकैयामा समेत मान्छेनै मर्नै खालको खाल्डो बनाएर खोला दोहन भएको स्वयम ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ । त्यसरी खाल्डो बनाउदा नदीको धारनै परिवर्तन हुने र नदी गाउमा पस्ने खतरा बढेको स्थानीयले जानकारी दिएका छन् । बागमती र बकैयामा खोला उत्खननका लागि २ फिट मात्र गहिरो बनाउने सर्तमा उत्खनन गर्नुपर्नेमा त्यसको बिपरित सात फिट सम्म खाल्डो बनाएर ठेकेदार सर्बसाधारण मार्ने काम गरेको स्थानीयको भनाइ रहेको छ । केही दिन पहिला बागमतीको खोला ठेकेदारले खोलाको धारनै गाउमा पस्नेगरी खाल्डो बनाएको भन्दै स्थानीयले चर्को बिरोध गरेका थिय ।