गौर,२६ पुस / प्रदेश २ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश सरकारका मन्त्रीहरु नया“ गाडी किन्ने चक्करमा लागेका खुलासा गरेका छन् ।
राज्यमन्त्री मण्डलले जनताको कुनै काम गर्न नसकेका प्रदेशका मन्त्रीहरुले सिन्कोसम्म भाच्न नसकेपनि एक बर्ष अघिमात्रै किनेका गाडी फेर्ने तयारीमा लागेका खुलासा गरेका हुन् । उनले शुक्रबार आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै एक बर्ष अघिमात्र किनेका गाडी पुरानो पनि भएको छैन । गाडीको कण्डिसन पनि बहुतै राम्रो छ । प्रदेश कामकाजका लागि काफी छ । वक्यौता रकम तिर्न बा“की नै छ ।
तरपनि मन्त्री पदको दुरुपयोग गर्ने तथा महत्त्वपूर्ण जिम्मेवारीलाई सुख–सयल र मोजमस्तीका रुपमा लिने कतिपय मन्त्रीहरु गाडीको मोडल हेर्न ब्रोसर पल्टाउदै शोरुम धाउदै दिन बिताइरहेको भनेका छन् ।
त्यस्तै उनले दोस्रो चौमासिक वित्न लाग्दा हालसम्म नया“ योजना र कार्यक्रम समेत बनाउन नसकेका र गत आवका उपभोक्ताहरुको समस्या समाधान गर्न्तिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्न्तिर राज्यमन्त्रीलाई समेत छलेर भ्रष्ट ककर्मचारीहरुको मिलेमतोमा लाग्नु दुःखद रहेको बताएका छन् ।
राज्यमन्त्री मण्डलले उक्त स्टाटस अपलोड गरेको १७ मिनेटपछि हटाएका छन् । मण्डल राजपाबाट मन्त्री बनेका हुन् ।