कटहरिया,२७ पुस
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहाले यस चालु अर्थिक वर्षमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र यातायातालाई विशेष प्राथमिकता दिएर काम अगाडि बढाएको बताएका छन ।
यस चालु आर्थिक वर्ष २०७६–०७७ मा नगरपालिकाको कुल बजेट मध्ये बढी शिक्षा, स्वास्थ्य र यातायातको काममा नै खर्च गरिने मेयर कुश्वाहाले बताए ।
रौतहटका एक एफएमबाट प्रशारण भएको लोकप्रिय कार्यक्रम सिधा सवालमा बोल्दै मेयर शियाराम कुश्वाहाले यस वर्ष जमुनियामा एउटा सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गर्ने बताउनुभयो ।
बर्थिङ सेन्टरको अभावमा जमुनिया सहित आसपासका गाउका महिलाहरुलाई अहिले डिलेवरी गराउन विरगंज लगाएतका ठाउ“मा जानु पर्ने बाध्यता रहेकोले यस वर्ष जमुनियामै बर्थिङ सेन्टर निर्माण गर्न लागेको मेयर कुश्वाहाले बताए । बर्थिङ सेन्टरको निर्माणपछि नगरभित्रका महिलाहरुलाई डिलेवरी गराउन बाहिर लैजानुपर्ने बाध्यता हटने उहाले बताउनुभयो ।
त्यस्तै कटहरियामा एउटा स्वास्थ्य भवन निर्माण गर्नुका साथै कटहरिया नगरपालिकाका सामुदायिक विद्यालयहरुमा रहेको शिक्षक अभावको परिपुर्ति गर्ने समेत मेयर कुश्वाहाले बताउनुभयो ।
शिक्षक अभावको कारण धेरै विद्यालयको पढाई प्रभावित भएको भन्दै मेयर कुश्वाहाले शिक्षकको व्यवस्थापन गर्न आफु लागेको बताउनुभयो ।
केन्द्र सरकारले शिक्षकको व्यवस्थापन गर्न नसकेको खण्डमा नगरपालिकाले आफै भर्ना खोली करारमा शिक्षक खटाउने मेयर कुश्वाहाले बताए ।
त्यस्तै फोहोरले प्रयोग विहिन बनेको कटहरिया बजारको सार्वजनिक शौचालयको पनि नगरपालिकाले सरसफाई गराई तुरुन्त प्रायोगमा ल्याउने उहाले बताउनुभयो ।
त्यस्तै कटहरिया बजारको एक नम्बर सडकको निर्माण कार्य सकेपछि २,३ र ४ नम्बर सडकको पनि निर्माण कार्य अगाडि बढाउने नगर प्रमुख कुश्वाहाले प्रतिवद्धता जनाउनुभयो । एक नम्बर सडकको निर्माण कार्य यस आर्थिक वर्षको भित्र सकिने र अगामी आर्थिक वर्षदेखी २,३ र ४ नम्बर सडकको पनि निर्माण कार्य गर्न आफु कुनै कसर बाँकी नराख्ने समेत मेयर कुशवाले बताए । त्यस्तै उपमेयर नुरजहाँ खातुनसँग आफनो कुनै किसिमको वाद विवाद नरहेको मेयर कुश्वाहाले दावी गर्नुभयो ।
कटहरिया नगरपालिकाको मेयर र उपमेयर विच विवाद रहेको कुरा मिडियामा आएपनि उपमेयरसँग आफनो कुनै विवाद नरहेको र दुवैजनाको विच सम्बन्ध सुमधुर रहेको मेयर कुश्वाहाले बताए ।