चन्द्रपुर,२८ पुस / रौतहट चन्द्रनिगाहपुरमा रहेको चन्द्र सुर्य सहकारी संस्थाको नाममा ब्यापक रुपमा सर्बसाधारण धगी भइरहेको पाईएको छ । सो सहकारीकाम ऋण संयोजकलेनै आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएपछि उनको बचत रकम आईतबार फिर्ता भएको छ । चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा शेख वाहिद अलिले आफ्नो बचत रकम रहकारीले फिर्ता नदिएको भन्दै ईलाका प्रहरी कार्यालय र चन्द्रपुर नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिय । उनको उजुरी पछि उनको मुख बन्द गर्नका लागि सो सहकारीले उनले बचत गरेको रकम फिर्ता गरेको छ ।
सो सहकारीले संस्थामा बचत गरेको रकम फिर्ताको माग गर्दे सहकारीमा बचतकर्ता धर्ना दिन थालेपछि अन्य बचतकर्ता समेत सहकारीका अध्यक्ष समेत रहेका लालबाबु कर्णका एक आफ्न्त लेखन्दास समेत रहेकाले शेख वाहिद अलिलाई फोनमा धम्की समेत दिएको गुनासो आएको छ ।
अध्यक्ष कर्ण एक साुमदायीक विद्यालयका प्रधानाध्याप समेत हुन् । सरकारी सेवामा रहेको मान्छे सहकारीको अध्यक्ष बस्न नपाउने ब्यावस्था रहेको चन्द्रपुर नगरपालिकाको सहकारी फाटका प्रमुख चन्द्रकला बरालले जानकारी दिइन ।
चन्द्रनिगाहपुरमा एक ठेला पसलमा चनाचटपटे बच्दै आएका एक भारतीय नागरिकको समेत सो सहकारी ५१ हजार बचत फिर्ता नगरेको उनको गुनासो रहेको छ ।
भारतको बिहार राज्यको चनपटिया थाना घर भएका दिपक कुमारको नाममा सो सहकारीदै ५१ हजार रकम बचत गरेको र फिर्ता नदिएको उनको गुनासो रहेको छ । नेपालको कानुनले सहकारीमा नेपाली नागरिक बाहेकका नागरिकलाई सहकारीमा अवद्ध गर्न बन्देज गरेको छ ।