चन्द्रपुर,१ माघ ।
रौतहटका सामुदायीक विद्यालयमा शिक्षकभन्दा बिद्यार्थीको संख्या कम हुन थालेको छ । हरेक बर्ष बिद्यार्थी भर्ना अभियान सञ्चालन गरीन्छ । भर्ना कार्यक्रमपछि पहिलो महिना त कक्षाकोठाभरी बिद्यार्थी हुन्छन् तर त्यसपछिका दिनमा शिक्षक विद्यालयमा विद्यार्थी सडक र खेत, जंगलमा ।
विद्यार्थी भर्नाका लागि जोडतोडका साथ हुने घरदैलो कार्यक्रम बैशाख महिनामा मात्रै सिमित रहन्छन् । विषेशगरी विपन्न वर्गका वालवालिका विद्यालय नजाने गरेका छन् । अभिभावकले पनि घर, खेतका कामका कारण आफ्ना बालबालिका विद्यालय पठाउदैनन् । रौतहट जिल्लाकै दलित तथा विपन्न समुदायमा रहेका विद्यालयको अस्तित्व बचाउन हम्मेहम्मे परेको छ ।
चन्द्रपुर नगरपालिका– १० स्थित पडहरिया गाउमा रहेको जनप्रिय प्राबि सधै जसो सुनसान नै हुन्छ । कक्षा ५ सम्म पढाई हुने यस विद्यालय विद्यार्थी नआउदा कहिलेकाहि दुइ बजे बन्द हुने गरेको छ ।
विद्यालयको कक्षा १, २, ३ र ४, ५ का विद्यार्थी एउटै कोठामा राखेर पढाईने पनि गरीन्छ । बाल शिक्षाका सहित ६२ जना मात्र विद्यार्थी भर्ना छन । ति मध्ये कहिलेकाँही त एकजना पनि आउदैनन । विद्यालयमा गत वर्ष विद्यार्थी भर्ना संख्या ६४ थियो । कक्षा ३ मा ३ जना मात्र बालिका भर्ना भएका छन । विद्यालयका प्रधानाध्यापक वीरेन्द्र प्रसादका अनुसार कक्षा १ मा ७ जना विद्यार्थी मात्र भर्ना भएका छन । कक्षा २ मा २२, कक्षा ४ मा ६ र कक्षा ५ मा ४ जना छन ।
शिक्षा नियममा एउटा शिक्षक बराबर ५० विद्यार्थी हुनु पर्ने भनिएको छ । तर यो प्राविमा जम्मा ६२ विद्यार्थी छन् । शिक्षक कति राख्ने ?
अहिले बाल कक्षामा भर्ना भएका बालबालिकाहरू पनि नियमित न आउने गरेको एक बालक राम सहनीले बताए । पडहरिया गाउमा ९० घरपरिवार छन । बालबालिकाको संख्या २ सय भन्दा बढी छ । धेरै जसोले निजि विद्यालयमा बालबालीकालाई भर्ना गराएका छन । यता विद्यालयमा प्रध्यानाध्यापक बिरेन्द्र सहित ३ जना शिक्षक शिक्षिका रहेका छन् जसमा बाकि २ जना राहत कोटाका शिक्षिकाहरू छन । चन्द्रपुर नगरपालीकाले पनि विद्यार्थी नभएको विद्यालयलाई के गर्ने भन्ने निर्णय लिन सकेको छैन । नगरपालीकाको शिक्षा शाखाका प्रमुख सहितको टोली निरीक्षणमा जादा बिद्यालयको बिजोग हेरिसकेका छन ।
शाखाका विद्यालय निरिक्षक दिपेन्द्र मण्डलले पडहरियाको जनप्रिय प्राबिलाई के गर्ने भन्ने बिषयमा छलफल भईरहेको बताए । नगरपालिकाभित्र रहेका कक्षा पाच सम्म पढाइ हुने अधिकांस विद्यालयको अवस्था नाजुक रहेको मण्डलले जानकारी दिए ।