चन्द्रपुर ३ माघ । रौतहटको पौराई ब्रह्म स्थानका पुजारी तथा जोगी बाबा शुक्रबार बिहान बेहोस अवस्थामा भेटियको छ । बिहीबार राती खाना खाएर आफनो कुटीमा सुतेका बाबा शुक्रबार अबेर सम्म नउँठदा स्थानियले हेर्न जादा बाबा बेहोस अवस्थामा रहेका थिए । बाबा बेहास रहेको स्थानियले देखेपछि पौराई ब्रह्म स्थानका समितिका अध्यक्ष रुपेश पंडितलाई जानकारी गराएका थिए । समितिले एम्बुलेनस बोलाएर बाबालाई चन्द्रपुर अस्पताल प्रालिमा ल्याईएको छ । बाबाका उपचार तिब्र रुपमा भईरहेको पौराई ब्रह्म स्थानका समिति तथा समाज सेवि सुपेन्द्र गोलेले तराई एक्सप्रेसलाई जानकारी दिनुभयो ।