अशोक पहाडी माघ ५ गते । मुम्बईमा जारी एसिया कप कराते च्याम्पियनसिपमा रौतहटका खेलाडीले चार पदक हात पारेका छन् । महिला ४५ किलो तौल समुहमा रौतहटकी बिबिका श्रेष्ठले संवरण पदक हात पारेकी छिन । उनले कतामा श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदकमा हात पारेकी हुन् । यस्तै पुरुष ५० किलो तौल समुहमा रौतहटका कुसल बस्नेत श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदकमा हात पारेका छन् । कातामा समेत भाग लियका बस्नेतले कास्य पदक प्राप्त गरेकाे नेपालबाट सो प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।