चन्द्रपुर,११ माघ / एकजना सोझि महिलालाई ल्याप्चे लगाउन लगाएर उनको नाममा रहेको जग्गा जमिन हडप्न खोज्ने एक महिलाले प्रहरीलाई समेत गुम्राहमा पार्ने काम गरेकी छिन् ।
चन्द्रपुर नगरपालिका वडानं ५ बस्ने २८ बर्षकी नम्रता लामाले बिगत एक बर्ष देखी बन्द रहेको आफ्नो पसल चोरी भयो र त्यसमा रहेको कागजात समेत हरायो भन्दै गत माघ ७ गते ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएर प्रहरीलाईनै उल्लु बनाउने काम गरेकी छिन् । लामाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको निवेदनमा रेलिमाया बस्नेतलाइ आफुले पैसा दिदा बनाएको कपाली तमसुकनै हराएको उल्लेख गरेकी छिन् ।
तमसुक एकथान सुनको सिक्री र औठी हराएको प्रहरीमा दिएको निवेदनमा उल्लेख छ । जवकी लामाको पसल एक बर्ष देखी बन्द रहेको छ ।
एक बर्ष देखी बन्द रहेको पसलमा कसैले सुन राखेर हिडछ ? यो नै अचम्मको बिषय बनेको छ । चन्द्रपुरकी बृद्धा रेलिमाया बस्नेतले लामासंग पैसा नलिएको भएपनि एकजना लेखन्दासको मिलेमतोमा लामाले बस्नेतको नाममा रहेको जग्गा रोक्का गर्ने काम समेत उनले गरेकी थिइन ।
फेरी प्रहरीमा दिएको निवेदनलाई आधार बनाएर बस्नेतको जग्गा जमिन हडप्नका लागि सटर चोरी भयो भन्दै निवेदन दिएको स्थानीयको भनाइ रहेको छ । मिटर ब्याजी लामा सहितको महिलाहरुको एक गिरोहले पछिल्लो समय चन्द्रनिगाहपुरका सोझा साझा महिलालाई मिटर ब्याजमा कपाली तमसुक बनाएर पैसा दिने र पछि जग्गा जमिननै हडप्ने अभिायनमा लागेको पाईन्छ ।