मौलापुर,१६६ माघ /रौतहटको मौलपुर नगरपालिका वडा नं १ मर्यादपुर स्वास्थ्य चौकीको अवस्था अहिले धेरै नाजुक बनेको छ ।
स्वास्थ्य चौकी मर्यादपुरमा शौच गर्ने शौचालय र पानी खान कल नहुंदा स्वास्थ्य चौकीमा औषधी उपचार गराउन आउने विरामी र स्वास्थ्यकर्मीहरुलाई शौच गर्न र पानी पिउन ठुलो कठिनाई भइरहेको छ ।
स्वास्थ्य चौकीमा शौचालय नहुंदा स्वास्थ्यकर्मीदेखी लिएर सर्वसाधारणहरु शौच गर्न नजिकै रहेको लाल बकैया नदिको किनारमा जान बाध्य भएका छन भने कल पनि नहुँदा पानी खान गाउँघरको कलमा जान बाध्य भएका छन ।
अस्पतालमा दरबन्दी संख्या ६ जनाको रहेको छ तर नियमित ४ जना मात्रै अस्पताल पुग्ने गरेका छन ।
त्यस्तै अस्पतालमा एक जना अनमी स्टापको दरबन्दी रहेपनि अनमी स्टाप नरहेको पाईएको छ ।
अस्पतालका ईन्चार्ज रञ्जन कुमार साह र सुवास ठाकुर नियमित कार्यालय नगई कहिलेकाही मात्रै जाने गरेको स्थानीयहरुले बताएका छन ।
कार्यालय प्रमुख साह नियमित कार्यालय नजाँदा उक्त कार्यालय निमितको भरमा सञ्चालन हुंदै आएको छ ।
त्यती मात्रै नभई अस्पतालमा चाहिने उपकरणको पनि अभाव छ । उपचारको लागि आवश्यक पर्ने नेवुलाईजर, अक्सिजन, विरामी बेड, सिजर, खानेपानी, दराज लगाएतका सामानहरुको अभाव रहेको छ ।
अस्पतालमा ३६ प्रकारको औषधी निशुल्क पाउनुपर्ने भएपनि मुस्किलले पाँच देखी आठ प्रकारको औषधी मात्रै पाउने गरेको छ ।
अस्पतालमा उपचार गर्नको लागि चाहिने उपकरण र औषधी पाईनै छाडेको र कार्यालय प्रमुख रञ्जन साह पनि कार्यालय कहिलेकाही मात्रै आउने गरेकोले सर्वसाधरणहरु एपचार गराउन ति अस्पताल जाने छाडेका छन ।
कार्यालय प्रमुख साहको चरम लापरवाहीका कारण अस्पतालको अवस्था यस्तो भएको स्थानीयहरुले दावी गरेका छन । अस्पतालको समस्या समाधान गर्न कार्यालय प्रमुख साहले कुनै पहल नगरेको स्थानीयहरुले गुनासो गरेका छन ।
अस्पतालको समस्या समाधान गर्नुपर्नेमा ईन्जार्च रञ्जन साहले ति समस्याहरु त्र्फ कुनै ध्यान नदिएको र उल्टै महिनामा २,४ दिन मात्रै कार्यालय आउने गरेको उनिहरुको गुनासो छ ।
मानिसको स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि मौलापुर नगरपालिकाले अस्पतालको समस्या समाधान गर्न कुनै चासो नलिएको स्थानीयहरुले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहलाई अस्पतालमा चाहिने आवश्यक उपकरण, औषधी , शौचालय र खानेपानीको व्यवस्था गर्न आफुहरु पटक पटक आग्रह गरेपनि आज गर्छु भोली गर्छु भन्ने जवाफ दिने गरेको स्थानीयहरुको गुनासो छ ।
नियमित कार्यालय नआउने ईन्चार्ज रञ्जन साहलाई कार्यवाही गर्न र अस्पतालको समस्या चाडो भन्दा चाडो समाधान गर्न स्थानीयबासिन्दाले मौलापुर नगरपालिकालाई आग्रह गरेका छन ।