अनमोेल कार्की,रौतहट /चन्द्रपुर ६ मा रहेको बालनिकेतनमाविले सरस्वतीपुजाको अवसरमाविभिन्न सास्कृतिककार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीहरुको उत्सवको रुपमामनाइने सरस्वतीपुजाको अवसर पारेर सो विद्यालयमाअध्ययनरत विद्यार्थीहरुले आफ्नो नृत्य, गायनलगायतकाप्रतिभाहरु प्रस्तुतगर्नुभएको थियो । सोहीअवसरमाबालनिकेतनकाएनसीसी क्याडेटहरुले विशेष कवाजको प्रस्तुतीगर्नुभएको थियो । कार्यक्रमको प्रमुखअतिथि रौतहट क्षेत्र नम्बर ४ क काप्रदेश सभा सदस्यधनलाल ठोकरले बालनिकेतनले समग्र रौतहटको शैक्षिकविकासमानिरन्तर योगदान पु¥याएको भन्दै विद्यालयको प्रशंसा गर्नुभएको थियो । उहाँले विद्यालयलाई देशकै उत्कृष्ट विद्यालयबन्न सकोस् भन्दै विद्यालयले विद्यार्थीहरुमा रहेकाविभिन्नखाले प्रतिभाहरुलाई प्रस्तुतगर्ने मंचउपलब्ध गराएकोमाविद्यालयलाई धन्यवादपनिदिनुभयो ।कार्यक्रममाबोल्दै विशिष्ठ अतिथिइलाकाप्रहरी कार्यालय चन्द्रनिगापुरकाप्रहरी नायवउपरिक्षक हेम बहादुर साहीले सरस्वतीपुजाविद्यार्थीहरुको लागि ठुलो उत्सवभएकाले विद्यार्थीहरुले धुमधामसँगमनाउँनुपर्ने बताउनुभयो । उहाँले आफुहरुले विद्यार्थी हुँदा सरस्वतीपुजको अवसरमा गरेका कृयाकलापहरु आजको कार्यक्रमले पुनः स्मरण गराएको भन्दै वाल्यकालको सम्झना सँधै रमाइलो हुने जिकीर गर्नुभयो ।विद्यालयकाकार्यकारी निर्देशकदिपक रेग्मीले बालनिकेतन सदैव शिक्षा सँगसँगै अतिरिक्त कृयाकलपमापनिजोड दिइरहेको भन्दै प्रतिभाशालीविद्यार्थीहरुको लागिविद्यालयले छात्रवृतिको पनिव्यवस्था गरेको जानकारी गराउनुभयो । कार्यक्रमको सभापतित्वविद्यालयकाप्रिन्सिपल राजकुशहवाले गर्नुभएको थियो भने संचालनशिक्षकश्यामकार्कीले गर्नुभएको थियो ।