चन्द्रपुर,२० माघ । रौततहटको गुजरा नगरपालिका वडा नं. २ अन्तरगत चोचा सव डिभिजन वन कार्यालयको मातहतमा चोरी तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ । वन कार्यालयको कर्मचारी र तस्करहरुको मिलोमतोमा वनबाट व्यापक रुपमा काठ तस्करी हुने गरेको पाईएको छ । तस्करहरुले प्रति गोलिया दुई हजार देखि चार हजारसम्म वन कर्मचारीहरुलाई नजराना दिएर तस्करी गर्ने गरेको स्थानियले बताएका छन । त्यति मात्र नभई स्थानीय प्रहरी चौकीहरुलाई एक हजार देखि दुई हजारसम्म नजराना दिएर तस्करहरुले काठ तस्करी गर्ने गरेको नाम नबताउने सर्तमा एक स्रोतले जनाएको छ । स्रोतका अनुसार चोचा सव डिभिजन वन कार्यालयका रेन्जर राजेश साहको मिलोमतोमा तस्करी हुनेगरेको बताएका छन । साहले तस्कर संग मोटो रकम लियर तस्करी गराउने गरेको बताएका छन । श्निबार मात्र सो वन कार्यालय अन्तर्गतको वनबाट सालका काँचो रूख काटेर ल्याएको समाचार प्राप्त भएको छ रु। सो सेक्टर वनमा कार्यरत कर्मचारीकै मिलेमतोमा काठ चोरी(तस्करीको सेटिङ हुने र वेला(वेलामा काम देखाउन काठ बरामद गर्ने गरेको स्थानीयको भनाइ छरु। डिभिजन वन कार्यालय अन्तर्गतको चोचा वन कार्यालयका क्षेत्रमा पर्ने अधिकांश इलाका वन कार्यालयका इन्चार्ज नबस्ने गरेकाले पनि वनमा हानि(नोक्सानी बढेको स्थानीयको भनाइ छ ।