गौर,१८ फागुन / रौतहटसहित प्रदेश २ कै स्थानीय तहमा भ्रष्टाचार, अपारदर्शीता र अनियमितताले जरा गाडीरहेको लागीरहेको बेला रौतहटको मौलापुर नगरपालिकाले समाजिक लेखा परिक्षणमा इतिहास रचेको छ । मौलापुर नगरपालिकाले बितेको ५र ६ गते वडा न ५ पतौरामा भएको मधानी महायज्ञमा करिव ६० लाख खर्चको समाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो ।
मधानी महायज्ञमा मितव्ययी खर्च गरेर मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । मधानी महायज्ञमा ५८ लाख ८५ हजार खर्चको समाजिक लेखा परिक्षण सहित सर्वजनिक गरिएको नगरप्रमुख रिना साहले बताइन ।
देशका विभिन्न स्थानमा सामान्य कार्यक्रम गर्दा पनि करौडौँ खर्च हुने गरेको भन्दै आलोचना हुदै आएको थियो । मौलापुरको मितव्ययी खर्च तथा सामाजिक परिचालन अनुकरणीय बनेको हो । भ्रमण वर्ष २०२० लाई टेवा पूर्याउन तथा स्थानीय परम्परालाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा ५ लाखभन्दा बढीले अवलोकन गरेका थिए । जसमध्ये ३ लाखभन्दा बढी पर्यटक भारतबाट आएका थिए । पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण तथा सामाजिक अडिटको उत्कृष्ट नमुना पेश गरेको मौलापुर नगरनगरपालिकाद्वारा सार्वजनिक गरिएको खर्च विवरणको विश्लेषण गर्दा आवश्यक ठाउँमा मात्र आर्थिक कारोबार गरिएको देखिन्छ ।
स्थानीय जनपरिचालनबाट पनि धेरै काम भएको बुझ्न सकिन्छ । महायज्ञ स्थल मन्दिर, सडक मर्मत, सडक ढलान, आरती, झाकी प्रदर्शनलगायतका काम सामाजिक स्तरबाट भएका छन् । भव्य जगशाला निर्माण तथा पूजामा साढे ४ लाख, स्वागत द्वार तथा होडिङ बोर्ड राख्न डेढ लाख, शन्तिपीठ होम लगायतको पुजामा ५० हजार, २ वटा मेस संचालनका लागि साढे २ लाखजस्ता शीर्षकहरुमा मितव्ययी खर्च भएक छन् ।
मन्दीरको र स्टेजको फुलको सजावटमा १ लाख, मन्दीर छेउको टेन्ट र कुर्सी १ लाख ५० हजार, मुल टेन्ट र स्टेजमा ७ लाख ५०
हजार, शान्ती पिठको होम लगायतको पुजामा ५० हजार,
कमराथुवाको बस भडा ६० हजार, ३ दिन माईकद्वारा प्रचार मा २५ हजार, २० वटा एफ एमबाट प्रचार ७५ हजार, ३ वटा
टेलिभिजनबाट लाईभ प्रसारण ३ लाख ५० हजार, फेसबुक बुष्ट ५० हजार, ४ वडा कैमरा, २ ड्रोन कैमरा तथा क्रेन कैमरामा १ लाख ५० हजार,
२ वटा गित निर्माण (अडियो र भिडियो)मा २ लाख, शिवलीला तथा काठमान्डौको स्थानीय कलाकारमा २ लाख ५० हजार, बाजा बजाउने समुहमा ४० हजार, नेपालका रास्ट्रीय कलाकारलाई नगद २ लाख, प्रदेश प्रमुख र राष्ट्रिय हिरो हिरोईनको होटेल खर्च गौर र चपुरको १ लाख ५० हजार,
ईन्दु सोनाली, निरहुवा र अमरपालि लाई नगद १५ लाख, ईन्दु सोनाली, निरहुवा र अमरपालि लाई प्लेन टिकेट र गाडी भाडामा १ लाख ५० हजार, इन्डियन हिरोहिरोइनकोलागि भिष्वा होटेलमा १ लाख १० हजार, पशुपतिको पुजारीको ट्रान्स्पोर्ट र विदाईमा ५० हजार
मन्दीर सम्बन्धी किताव २ हजार प्रति पोष्टर, स्वागत बैनरलगायतमा १ लाख ५० हजार र पिन लोगो जैकेट, पास बैचमा ७५ हजार गरि ५महायज्ञ मन्दीरको जगसला निर्माण देखि ब्याच बनाउन लागेको सम्मको खर्च सर्वाजनीक गरिएको रौतहट क्षे नं ३का संसद एवं पुर्व मन्त्री प्रभु साहको स्वकीय सचिव विजय यादवले बताए ।
समाजिक लेखा परिक्षणमा पनि मौलापुर नगरपालिकाले ईतिहास रचेको छ, सबै स्थानीय तहले यस्तो कदम चाले जिल्ला समृद्ध बन्ने यादबको भनाइ छ । महायज्ञको व्यवस्थापन तथा आयोजनाका लागि गरिएको खर्च सामाजिक अडिटको नमूना बनेको छ ।