चन्द्रपुर,२४ फागुन । अनेरास्ववियु जनज्योती बहुमखी क्याम्पस कमिटिले कोराना भाइरसको संक्रमण बाट बच्नका लागि चेतना मुलक कार्यक्रम गरेको छ । चेतना मुलक प्लेकार्ट सहित विद्यार्थीले भाईरसबाट बच्ने उपायका बारेमा जानकारी दिएका थिय । पछिल्लो समय विद्यालय तथा क्याम्पस र बजारमा कोराना भाइरसको बिषयमा बिभिन्न हल्ला भईरहेको बेला अनेराववियुले यस्तो चेतना मुलक कार्यक्रम गरेको अनेरास्ववियु जनज्योती क्याम्पस चन्द्रनिगाहपुरका संयोजक अबिरल गोलेले जानकारी दिएका छन् ।