रुपेन्द्र पटेल २७ फागुन / ईलाका प्रहरी कार्यालय गरुडा रौतहटले होलि सचेत भएर मनाउन आग्रह गरेका छन । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले एक विग्यपती जारी गर्दै होलि सचेत पुर्व मनाउन आग्रह गरेका हुन । होलि पर्वको अवसरमा सम्पूर्ण जनसामुदायमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै होलि एक आपसमा स्नेह बढाउने पर्व रहेको हुंदा झै—झगडा नगरी होलि सान्ती पुर्ण तरीकाले मनाउन आग्रह गरेका छन । होलिको दिनमा कोरोना संक्रमण बढ्दै गएकोले यस प्रती सचेत भएर होलि मनाउन डिएसपी महतोले आग्रह गरेका छन । महतोले होलि सभ्य तरिकाले खेलन बताएका छन । पानिमा नभिजन हात समेत नमिलाउन उनले बताएका हुन । कोही कसैलाई जोबरजस्ती रङ तथा अबिर नलगाउन उनले बताए । लोला,अण्डा, तथा फोहर पानि प्रयोग नगर्न र मोटरसाईकलमा हेल्मेट लगाएर २ जना बन्दा बढी सवार न हुन र सवारी तेज गतिमा नचलाउन उनको आग्रह गरेका छन । तराईका जिल्लामा मंगलबार होलि पर्व परेको भएपनि तराईका जिल्ला वासीहरुले बुधबार मात्र होलि मनाउने भएको छ । मंगलबार अधिकांश मानिसले माछा,मासु नखाने गरेकोले होलि बुधबार माउने भएको छ ।