धनुषा २९ फागुन / नेपाल- भारत सीमानामा भारतीय प्रहरीले पनि चेकजाँच सुरु गरेको छ । भारतको अहमदावादबाट घर आउने क्रममा सिमावर्ती क्षेत्रमा रुघाखोकीको प्रकोप देखिएपछि भारतीय प्रहरीले चेकजाँच सुरु गरेको हो । रोजगारीको शिलशिलामा भारतको अहमदावादबाट गाउँ फर्किने क्रममा विहारको जयनगरमा धनुषाको खजुरी–महुवा बस्ने शिवकुमार पासवान र राजन पासवानलाई रुघाखोकी लागेको भेटिएपछि भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । ती दुवै युवकलाई प्रहरीले मधुवनीस्थित सदर अस्पतालमा लगेग स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई घर फर्किएका थिए । भारतीय प्रहरीको कडा निगरानी तथा पूर्व सतर्कताका कारण सिमावर्ती क्षेत्रमा आउवजावत गर्ने व्यक्तिहरुको संख्यामा कमी समेत आएको छ । यता, भारतले मध्यरात देखि नै लागू हुनेगरी सिमावर्ती क्षेत्र ९१५ अप्रिलसम्मका लागि० एक महिनाका लागि बन्द गरेको छ ।

रातोपाटीबाट