चन्द्रपुर,१ चैत / वैदेशिक रोजगारीको लागि मलेसिया गएको छोरो विगत १ वर्षदेखि सम्र्पकविहीन भएपछि चन्द्रपुरका खड्का दम्पत्ति छोरा यादमा भोक निन्द्रा हराएको छन् । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना निवासी ५० वर्षीय रामजी खड्का र उनकी श्रीमती सानुकुमारी खड्काले आफ्नो २३ वर्षीय कान्छो छोरा रुपेश खड्का विगत १ वर्षदेखि मलेसियाबाट सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन सबैलाई आग्रह गरेकाछन् ।
करिब ३ वर्ष अगाडि आफ्नै फुपुको पहलमा कन्काइ मेनपावर मार्फत मलेसिया गएका रुपेश १ वर्षदेखि सम्पर्कमा नआएपछि चिन्तित बन्दै खड्का दम्पति छोराको खोजीमा भौतारिएका छन् । १ वर्ष अघिसम्म नियमित रुपमा पैसा पठाइरहने र बारम्बार घरपरिवारसंग सम्पर्कमा रहिरहेका रुपेश अचानक सम्पर्क विहीन भएपछि छोराको अवस्था थाहा पाउन पाएमात्र पनि सन्तोष हुने भन्दै खड्का दम्पति छोराको खबर जान्न यताउता भौतारिदै हिड्न थालेका हुन् । कृषि विकास बैंक चन्द्रपुरमा कार्यलय सहायक पदमा कार्यरत रामजीले छोरालाई मलेसिया पठाउने आफ्नै बहिनीसंग छोराको बारेमा सोध्दा रुपेशले पहिलाको कम्पनीबाट काम छाडेर भागेको भन्दै पन्छिने गरेको गुनासो गरे । बहिनीले रामजीलाई रुपेशलाई मलेसियाको एउटा होटलमा वेटरको काम गर्न पठाएको तर काम गरेको ६ महिनामै सो काम छाडेर भागेकाले त्यस्को जिम्मा मेनपावरले नलिने जवाफ दिने गरेको गुनासो पनि उनको छ । काममा लागि भनेर गएको छोरा काम छाडेर अर्कै ठाउमा भागेर काम गरेको सुनेपछि रिसाएर छोराको वास्ता नगरेको बताउने रामजीले धेरै लामो समय बित्दापनि छोरो सम्पर्कमा नआएपछि तनावमा परेको बताए ।
केहि दिनअघि उनै बहिनीको सहयोगमा खड्का दम्पत्तिले जिल्ला प्रशासन कार्यालय काठमाडौमा छोराको खोजीको लागि निवेदन पनि दिएका थिए । सरहरुले पनि काम छोडेर भागेको रहेछ भन्नुभएको छ,उनले भने ।
छोरा विदेशी भूमि जेलमा प¥यो कि वा केही नराम्रो भयो कि भन्ने चिन्ताले खड्का दम्पतिलाई सताउन थालेको छ । रुपेशकी आमा सानु कुमारीले छोरालाई अन्तिम पटक फोन गर्दा छोराले नभई अन्य मानिसले उठाएको फोनमा झगडा गरेको जस्तो, कुटेको जस्तो आवाज आएको सम्झना गरेीन । छोरा सकुशल रहेको मात्र थाहा भए मनमा सन्तोष हुने खड्का दम्पत्ति भनाइ छ । खड्का दम्पत्तिले आफ्नो छोरा रुपेशलाई सकुशल भए एकपटक घरपरिवारमा सम्पर्क गर्न वा उनलाई चिन्ने साथी भाईहरुले थाहा भएमा उनको बारेमा जानकारी गराउन अनुरोध गरेका छन् । यदि छोरा आफुहरुसंग आफुहरुसंग रिसाएर वा कुनै कुरामा चित्त दुखाएर फोन नगरेको भएपनि नजिकका साथीलाई वा कसैलाई फोन गरेर सकुशल रहेको जानकारी दिएमात्र पनि मनमा सन्तोष हुने खड्का दम्पत्तिको भनाइ छ ।