अशोक पहाडी
रौतहट,६ चैत ।
रौतहटमा पछिल्लो समय अबैध यौन सम्बन्धका कारण ज्यानै लिने खालका घटना सार्बजनिक हुन थालेका छन् । आफ्नै नातामा पर्ने संग जोडिएको यौन सम्बन्धले जिल्लामा ज्यानै लिने सम्मको अपराध बढदै गएको प्रहरीले बताएको छ ।
धारिलो हतियार खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गर्ने प्रयास गरेको आरोपमा देवर पक्राउ परेका छन ।
अबैध यौन सम्बन्धकै कारण रौतहटको यमुनामाई गाँउपालिका(१ की पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको छन् । सोमबार राती उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको उनले बताए । प्रहरी स्रोतका अनुसार राजुकुमार सहनीका दुइ जना दाजु बैदेशिक रोजगारीका लागि विदेशमा रहेको र उनको अबैध यौन सम्बन्ध पहिला जेठी भाउजु संग रहेको र त्यो कान्छि भाउजुले समेत देखेपछि राजकुमार कान्छि भाउजुसंग सल्केका थिय । कान्छिसंगको सम्बन्ध फेरी जेठी भाउजुले देखेपछि कान्छि भाउजुसंग मिलेर उनले जेठी भाउजुको हत्या प्रयास गरेका थिय ।
गत माघ २८ मा रौतहटको दुर्गा भगवती गाँउपालिका(३ पर्सा टोलका ७० वर्षीय फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा उनकै छोरा राजकुमार पण्डितले हत्या गरेका थिए ।
आफ्नी श्रीमतीसंग आफ्नै बाबुको अबैध यौन समबन्ध रहेको थाहा पाएपछि छोरा राजकुमार पण्डितले हथौडाले हानेर बाबुको हत्या गरेका थिय ।
संगै सुतेकी श्रीमतीलाई ओछेयानमा नदेखेपछि खोज्दै जादा गोठमा आफ्नै बाबुसंग यौन क्रियामा संलग्न रहेको देखेपछि हथौडा प्रहार गरेर वावुको हत्या गरेका थिए । उनकै श्रीमतीको उजुरीका आधारमा राजकुमार पण्डित पक्राउ परेका थिय ।
गत माघ १५ गते राजपुर नगरपालिका ६ कुडिया गाँउ भन्दा पूर्वभकुवा खोलामा ईशनाथ नगरपालिका ८ मन्सरीका एहतेसामुल हकको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो । प्रेमीका भेट्न राजपुर गएका हकको हत्या उनकै प्रेमीकाको भाइहरुले गरेका थिए । सो घटना समेत यौन सम्बन्धका कारणनै भएको प्रहरीको अनुसन्धानले देखाएको थियो ।