ओम प्रकाश यादव चैत्र १२ , गरुडा । कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहटको देवाही गोनाही नगरपालिकाले ४० शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरेको हो । नगरपालिकाले वडा नं ९ धरहरि स्थित रहेको पोली टेकनिक ईन्सिटच्युटमा ४० शैयाको क्वारेन्टाईन निर्माण गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बेलैमा बच्नका लागि क्वारेनटाइन निर्माण गरेको नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनुभयो । हिजोदेखी शुरु गरिएको क्वारेन्टाईन निर्माणको काम आज पुरा भइसकेको र आजै बेलुकीदेखी क्वारेन्टाईन सञ्चालन पनि हुने मेयर पटेलले बताउनुभयो । क्वारेन्टाईनको काम पुरा भइसकेको र अहिले मेसको व्यवस्थापन गर्ने काम भईरहेको छ । मेसको व्यवस्थापन भएपछि आजैदेखी क्वारेन्टाईन सञ्चालन हुने मेयर पटेलले जानकारी दिनुभयो । क्वारेन्टाईन कक्षमा सीएमए, एचए, अहेव देखी लिएर एमबीबीएस तहसम्मका डाक्टरहरुले २४ औं घण्टा सेवा दिने मेयर पटेलले बताउनुभयो ।