अशोक पहाडी
रौतहट, १३चैत/
रौतहट जिल्लामा हालसम्म २४जनालाई क्वारेन्टाइमा राखिएको छ । भारतका विभिन्न स्थानहरुबाट आएकाव्यक्तिहरुलाई जिल्लाको गौर र चन्द्रपुर नगरपालिकामा क्वारेन्टाइमा राखिएको रौतहटका प्रमुख जिल्लाअधिकारी वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार गौर नगरपालिकाको नर्सिङ्ग कलेजमा स्थापनागरिएको क्वारेन्टाइमा १६ जना र चन्द्रपुरमा ६ जनालाई राखिएको छ । गौर स्थितक्वारेन्टाइमा राखिएकाहरु गौर नगरपालिका र राजदेवीनगरपालिका रहेको बताइएको छ । उनीहरु बेंगलोर, केरलालगायतका स्थानहरुबाट आएकाहुन् । उनीहरुमा कोरोनाभाइरसको प्रारम्भिक त्यस्तो केही लक्षण नदेखिए पनि आफ्नै सुरक्षाको लागिक्वारेन्टाइमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनीहरु सबैको स्थिति सामान्य रहेकाले त्यस्तो आतिनुपर्ने केही नरहेको उनको छ ।
यताजिल्लाकै चन्द्रपुर नगरपालिकामापनि ८ जनालाई क्वारेन्टाइमा राखिएको छ । केही समय अगाडि भारतको तमिलनाडुबाट फर्किएकागुजरा नगरपालिकाकाउनीहरुलाई हालचन्द्रपुर सरकारी अस्पतालमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्ड श्यामगुप्ताले जानकारी दिए े । हाल आठैजना पूर्ण रुपमा स्वस्थ्य देखिएको र ज्वोरो, रुघाखोकी केहीपनिनदेखिएको छ । उनीहरु बुधबार राती अस्पतालको सम्पर्कमाआएको र प्रारम्भिक स्वास्थ्यजाँच पछि उनीहरुलाई अस्पतालमै क्वारेन्टाइमा राखिएको छ ।

फोटो / गुजरा नगरपालिकाको गाउ जाने बाटो छेक्दै स्थानीय