अशोक पहाडी
गौर,१५ चैत । रौतहटको जिल्ला सदरमुकाम गौरलाई शनिबार र आईतबार पुर्ण रुपमा लक गरिने भएको छ । साँझ ५ नबज्दै गौरमा सर्बसाधारणको चाप बढेपछि गौरलाई पुर्ण रुपमा लक गरिन लागेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् । कोरोनाको महामारी बढदै जान थालेपछि बाध्य भएर जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो । पहिलो चरणमा गौर र दोस्रो चरणमा गरुडा र चन्द्रपुरलाई पुर्ण रुपमा लक गरिने घिमिरेले जानकारी दिएका छन् । यस्तो अवस्थामा उद्योग बाणिज्य संघ संगको समन्वयमा खाद्ययान्य लगाएतका अत्यावस्यक बस्तुको होमडेलीभरी गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिएकाछन् । पुर्ण लक अथवा बन्दका बेला कुनैपनि औषधी पसल बाहेकका दोकान खोल्ने किन्न जानेलाई कडा कार्वाही गरिने छ ।
पत्रकारसंग पुर्ण बन्दको भिडियो कुराकानीमा जानकारी दिदै प्रमुख जिल्ला अधिकारी