ओम प्रकाश यादव
गरुडा,१५ चैत्र । विश्वमै महामारीको रूपमा तिब्र गतिमा फैलिदै गइरहेको कोरोना भाइरस संक्रमणको अशंखा लागेका व्यक्ति तथा बाहिरबाट आउनेहरूलाई राखी उपचार गर्नको लागि रौतहटमा ५ सय १८ शैयाको क्वारेन्टाइन निर्माण भएको छ । शनिबार साँझ सम्ममा जिल्लाको १२ स्थानीय तहमा ५ सय १८ बेड संख्याको सुरक्षित क्वारेन्टाइन निर्माणको काम पूरा भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लाको गौर, इशनाथ, राजपुर, राजदेवी, परोहा, बौधी माई, मौलापू र, कटहरिया, देवाही गोनहि, गरुडा, फतुवा विजयपुर र चन्द्रपुर नगरपालिकाले क्वारेन्टाइन कक्ष निर्माण गरिसकेका छन् बाँकी स्थानीय तहहरू पनि क्वारेन्टाइन निर्माणको कार्य सुरु गरिसकेको र अबको दुई तीन दिन भित्रमा नै सञ्चालन भइसक्ने छ । यसैबीच कोरोना भाइरसका कारण सरकारले गरेको लक डाउनको समयमा पनि भारतको विभिन्न सहरबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ७६जनालाई पक्राउ गरी क्वारेन्टाइन मा राखिएको जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत रामनरेश साहले जानकारी दिनुभएको छ । देश बाहिरबाट आउनेलाई कसैसँग घुलमिल नगरुन् भन्ने उद्देश्यले कम्तीमा ज्ञछ दिनसम्म क्वारेन्टाइन मा राखनु पर्ने भएको हुँदा भारतको पंजाब, हरियाणा, लगायतका ठाउँहरुबाट कृषि को काम गरेर चोरबाटो हुँदै नेपाल छिरेका ७६ जनालाई जिल्लाका विभिन्न स्थानीय तहहरुमा निर्माण गरिएको क्वारेन्टाइन मा राखिएको उहाँले बताउनुभयो । गौर नगरपालिका ५ मा निर्माण भएको क्वारेन्टाइनमा १२ जना, इशनाथ नगरपालिका ३ मा १७ जना, पारोहा नगरपालिका ४ मा ११ जना, गरुडा नगरपालिका ५ मा ४ जना, राजपुर नगरपालिका ३ मा २ जना र सबभन्दा बढी चन्द्रपुर नगरपालिका ६ मा निर्मित क्वारेन्टाइन मा २६ जना गरी शनिबार साँझसम्म क्वारेन्टाइन मा बस्नेहरूको संख्या ७६ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।