चन्द्रपुर १७ चैत्र ।
कोरोना भाइरस रोकथामका लागी सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेका छ । लडाउनको अवस्थामा समेत रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ स्थित बलरीको भोटेटोलमा खुल्याम रुपमा रातीको समयमा मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा ओसार पसार हुने गरेको स्थानियले बताएका छन् । बृन्दावनको भोटेटोलमा खुल्याम रुपमा मदिरा बनेपनी ईलाका प्रहरी कार्यालय गरुडा वा बिश्रामपुर प्रहरी चौकीले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन । उनिहरुले कच्चा पदार्थबाट लकडाउनका बेला मदिरा उत्पादन गरेर जिल्लाको विभिन्न स्थानमा रातीको समयमा ओसार पसार गर्ने गरेको स्थानियले बताएका छन । बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट मदिरा सेवन कर्ताहरु आउनेगरेको स्थानीयले बताए । स्थानीयले सो गाउँमा बनिरहेको मदिरा तत्काल रोकनु पर्ने बताएका छन् । मदिरा बनाउन रोक्ने विषयमा सञ्चारकर्मीले बिश्रामपुर प्रहरी चौकीका सई सतरुधन राउतसँग बुझदा प्रहरीले पटक–पटक मदिरा उत्पादन बन्द गर्न भनेपनि भोटे वस्तीले नटेरेको राउतले बताएका छन् । यता मदिरा उत्पादनले स्थानियवासिन्दा आतंकित बनेका छन । मदिरा उत्पादन न रोक्नुको मुख्य कारण गाउँकै केही पद अधिकारी व्यक्तिहरुको मिलोमतो रहेका कारण मदिरा उत्पादन नरोकेको स्थानियको भनाई छ । कोरोना भाइरसका कारण विश्वमानै त्रास बढि रहेको छ तर बलरीको भोटेटोलका वासिन्दाहरु सरेगलेको मासु खान छोडेको छैन । उनिहरुले मरेको भैसि पडा लगाएत विभिन्न जनावरको मासु धेरै दिन सम्म राखेर खाने चलन छ । यस्ता खनपिनका कारण हाल विश्वव्यापी भएको कोरोना भाइरस बृन्दावनको भोटेटोलबाटै उत्पादन हुन सकने त्रास बढेको गाउँका वुद्धिजिविहरुको भनाई छ ।