अशोक पहाडी
रौतहट,१८ चैत । रौतहटमा सर्बसाधारणले लकडाउन उलंघन गरेपछि स्थानीय प्रहरीले निषेधाज्ञा जारी गरेको छ । भारतको बिहार राज्य संग सिमा जोडिएको रौतहटमा सर्बसाधारणले लकडाउन अटेर गरेपछि स्थानीय प्रशासनले सर्टडाउन गरेको हो । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउन उल्लघन गर्नेहरु विरुद्ध रौतहट प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ ।
प्रहरीले लकडाउनको सुरुवातीदिनमा लकडाउन उल्लघन गर्नेहरुलाई सम्झाइबुझाइ गरेर घर फर्काउने गरेको थियो । तर सर्वसाधरणले निरन्तर रुपमाविभिन्न बाहनामा यसको अवज्ञा गरेपछि रौतहट प्रहरीले निकै कडाइ गर्न थालेको हो ।
सोमबार र मंगलबार बिहानै बाट लकडाउन उल्लघन गरेर सडकमा निस्किएका हरुलाई प्रहरीले सडकमै उठबस गराउने, पुसअप गराउने , जहाँको त्यहीँउभ्याएर राख्ने लगायतका सजायहरु दिइरहेको छ ।
जिल्लाका कतिपय स्थानहरुमा बिनाकारण सडकमा निस्किएकाहरुलाई प्रहरीले सामान्य लाठी चार्जपनि गरेर घर पठाइरहेको समाचार प्राप्तभएको छ । प्रहरीले बिरामी , औषधी किन्न हिडेका बाहेक अरुलाई सडकमा निस्कनदिएको छैन् भने एम्बुलेन्स र पास बाहेककाअन्य सवारी साधनहरुलाई पनि चल्नदिएका छैन् ।
पास बीना सडकमा निस्किएका सावरी साधनहरुलाई प्रहरीले नियन्त्रण लिएको छ । स्थानिय प्रशासनलेरौतहट जिल्लालाई पुरै सटडाउन गरेको छ । मेडिकल पसल बाहेक अन्य कुनैपनि पसलहरु खुलेका छैनन् भने विक्रेताहरुसँग सहकार्य गरेर उपभोक्तालाई घरमै खाद्यान्न पु¥याउने व्यवस्था पनि गरिएको छ ।जिल्लाकामुख्य राजमार्ग र चोकहरुमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालनगरिएको छ ।
त्यसैगरी ग्रामिण इलाकाहरुमा पनिप्रहरीले नियमित रुपमामोवाइल गस्तीको व्यवस्था मिलाएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाप्रहरी प्रमुख प्रहरी उपरिक्षक रविराज खड्काले लकआउट उल्लघन गर्नेजो कोहीँप्रतिपनि प्रहरी कडा रुपमा प्रस्तुतहुने चेतावनी दिए
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले सरकारले कोरोना भाइरसको सक्रमण फैलिन नदिन गरेको लकडाउनलाई कतिपय सर्वसाधरणले हल्का रुपमालिने गरेको पाइएकाले प्रहरी यसलाई नियन्त्रण लिन कडा रुप अपनाइ रहेको बताउँदै त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेर मुद्धा समेत दर्ता गरिने जानकारी दिए।
लकडाउनकै अवधिमा जिल्लाका विभिन्न स्थानहरुबाट प्रहरीले सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइसकेको छ । रौतहटमा लकडाउ उल्लघन गर्ने ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।