कटहरिया,१८ चैत । रौतहटको कटहरिया बजारमा केही जनप्रतिनिधी र जिम्मेवार मानिसको कारण लकडाउनको उलंघन भईरहेको देखिएको छ ।
कटहरियाका केही युवा आफुहरु नेकपा अर्थात सतापक्षको मानिस रहेको भन्दै बिहान देखी बेलुकी सम्म ८।१० जनालाई एकै ठाँउमा जम्मागर्ने गरेको देखिएका छन ।
त्यतीमात्र नभई कटहरियाका एकजना जनप्रतिनिधीका आफन्तले आफना नजिकका मानिसको पसल खोल्न प्रहरीमाथी दवाब दिरहेको रहस्य खुलेको छ ।
त्यतीमात्र नभई पास बनाउने नाउमा कतिपयले पैसा समेत असुली रहेको रहस्य खुलेको हो ।
बिगतमा जुवा तास खेलेर तस्करी गरेर पैसा कमाई हाल जनप्रतिनिधी बनेकाको निकट रहेकाले कटहरियामा लकडाउनको अवधिमै पसल खोल्न प्रहरी माथी दवाब दिरहेको स्रोतले जनाएको छ ।
ठुला बडाहरु अगाडी बसेपछी साँझ ५ बजे पछी कटहरिया बजारको चोक चोकमा युवाहरुको भिड देखिन्छ ।
यो समाचारको पालना भएन भने भोलीको समाचारमा त्यस्ता जनप्रतिनिधी र नेकपाका जिम्मेवार बताउनेहरुको नाम प्रशारण गर्ने कटहरिया एफएम समाचारटिम स्रोतामाझ प्रतिबद्धता जनाउँदछ ।