ओम प्रकाश यादव २२ चैत्र । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले वास्तविक गरिव, मजदुर र असाहाय व्यक्तिको मात्रै तथ्यांक संकलन गर्न वडा अध्यक्षहरुसँग आग्रह गरेका छन । यस्तो महासंकटको घडीमा सबभन्दा पहिला वास्तविक गरिव जमदुर असाहायलाई राहत वितरण गर्नुपर्ने अति आवश्यक भएकोले कुनै पनि गरिव परिवारलाई नेम लिस्टमा नाम राख्नबाट नछोडन मेयर पटेलले सम्पूर्ण वडा अध्यक्षहरुलाई आग्रह गर्नुभएको छ । लकडाउनको कारण अहिलेसबभन्दा बढि दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने गरिव मजदुर खाना नपाई सबभन्दा बढी समस्यामा परेकोले वास्तवमा जो मजदुरी गरेर खाने परिवार छ एक दिन मजदुरी नगरी खानै नपाउने स्थितीमा जुन परिवार छ त्यस्ता परिवारको मात्रै नेम लिस्ट तयार पार्न मेयर धर्मेन्द्र पटेलले वडा नं १ देखी ९ सम्मका वडा अध्यक्षहरुलाई विशेष आग्रह गरेका हुन । यसअघि देश बाढी, आगलागी, भुकम्प जस्ता दैवि प्रकोपले संकटमा परेको बेला पनि राहत पाउने लोभले धनी व्यक्ति पनि गरिव बनी राहत लिएकोले यस्मा पनि त्यस्तै व्यक्ति दोहोरिन सक्ने भएकाले चनाखो भएर वास्तविक गरिवलाई मात्रै पहिचान गर्न मेयर धर्मेन्द्र पटेलले सबै जनप्रतिनिधिहरुलाई अपिल गरेको उनका स्वकीय सचिव अशोक पटेलले बताए ।