रुपेन्द्र पटेल, २२ चैत्र । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेको छ । शनिबार कार्यपालिकाको कार्यालयमा बोर्डको बैठक गरेर नगर प्रमुख राम स्नेही यादवले यस्तो निर्णय गरेको हो । बृन्दावन नगरपालिकाभरी रहेको करिब ५२ सय गरिब विपन्न परिवारलाई राहत प्याकेज दिने मेयर यादवले बातएका छन । यस्तो महासंकटको घडीमा वास्तविक गरिव मजदुर असाहायलाई राहत वितरण गर्नुपर्ने अति आवश्यक भएकोले कुनै पनि गरिव परिवारको नाम लिस्ट नछोडन मेयर यादवले सम्पूर्ण वडा अध्यक्षहरुलाई आग्रह गरेको छन । शनिबार कार्यपालिकामा बसेको बोर्ड बैठकमा नगरभरी पहचिान गरिएको ५२ सय विपन्न तथा गरिव परिवारलाई आईतबारबाट राहतको लागि फर्म भर्न समेत नगर प्रमुख यादवले आग्रह गरेका छन ।