रौतहट, चैत्र २४ गते । रौतहटको मौलापुर नगरपालिकाले गर्न नसकेको काम स्थानीय युवाहरुले गर्न थालेका छन । मौलापुर नगरपालिकाले २ नं वडामा राहत एवं मास्क वितरण गरेपनि अझै सबै ठाउँमा पुग्न नसकेको बेला एक स्थानीयवासीले हजारौ पिस मास्क वितरण गरेका हुन । स्थानीय समाजसेवी हरेन्द्र यादवले सोमवार आफनै लगानीमा मौलापुर नगरपालिका २ मर्यादपुरमा एक हजार पिस मास्क वितरण गर्नुभएको छ । मर्यादपुरका सयौ घरधुरीमा परिवारको सदस्य संख्या अनुसार मास्क वितरण गरेको उहाँले बताउनुभयो । यस्तो दुखको घडीमा वडावासीलाई कोरोना भाइरसको संक्रमण लाग्न नदिन व्यक्तिगत लगानीमा समाजसेवी यादवले गर्नुभएको मास्क वितरण सराहनीय कार्य भएको भन्दै उहाँको सर्वत्र प्रशंसा भइरहेको छ ।