चन्द्रनिगाहपुर,२६ चैत । जिल्लाको चन्द्रपुर नगरपालिका १ मा रहेको देउराली सामुदायीक वनले बिभिन्न काम थालेको छ । सो सामुदायीक वनले वनमा हुने चोरी निकासी नियन्त्रणका लागि ठोस काम थालेको छ । बढदो गर्मीसगै वनमा हुने आगलागि नियन्त्रणका लागि सामुदायीक वनले अग्नी रेखा बनाउने काम थालेको समुहका अध्यक्ष गोकर्ण सापकोटाले जानकारी दिएका छन् । केही समय पहिला सामुदायीक वनबाट दाउरा वितरणमा अनियमिता भएको आशंका लागेपछि समुहले दाउरा बितरण वापतको रकम समेत असुल उपरगरी सकेको सापकोटाले जानकारी दिएकाछन् । उप समितीनै गठन गरेर देउराली सामुदायीक वनले दाउरा बिक्रि वापतको एक लाख रकम समुहमा जम्मा गरेको छ । त्यस्तै सामुदायीक वनले दाउरा तथा काठ बिक्रिबाट २ लाख ५० हजार रकम सामुदायीक वनको खातामा जम्मा गरेको समेत सो समुहका सदस्य लक्ष्मण न्यौपानेले जानकारी दिएकाछन् ।
समुहले वन सफाई गर्ने कामलाई समेत तिब्रता दिएको समुहका अध्यक्ष सापकोटाले जानकारी दिएकाछन् ।