अशोक पहाडी
रौतहट,२६ चैत ।
लकडाउनको बेला रौतहटको वनमा वन्यजन्तुको चोरी सिकार तिब्र भएको छ । जिल्लाको बिभिन्न क्षेत्रको राष्ट्रिय वनाबाट सिकारीले बंदेल ,हरिण लगाएतका जंगली जनावरको चोरी सिकार गर्ने गरेको पाईएको छ ।
जिल्लाको गुजरामा रहेको अनजुमन सामुदायीक वनका केही दिन पहिला सामुदायकि वनकै पदाधिकारीको मिलेमतोमा जंगली जनावरको चोरी सिकार गर्ने क्रममा डिभिजन वन कार्यालयका सुरक्षाकर्मी र सिकारी बिच गोलीहानाहान भएको थियो ।
जंगल छेउका गाउमा पछिल्लो समय दैनिक सिकार मार्ने गरेको सन्तपुरका स्थानीय बासिन्दा तथा नेकपा जिल्ला कमिटि सदस्य बिनोद चौधरीले बताए । लकडाउनका बेला वन कर्मचारी गस्तिमा नजाने गरेका कारण जिल्लाको राष्ट्रिय वनमा यतीबेला सिकारीको हुलनै पस्ने गरेको स्थानीयले बताएकाछन् ।
डिभिजन वन कार्यलयका केही कर्मचारीकै मिलेमतोमा जंगली जनावरको चोरी सिकार हुने गरेको एक स्थानीय बासिन्दाले बताएकाछन् । लकडाउनका बेला मारिएका जंगली जनावरको मासु सिकारीले महंगोमा बिक्रि बितरण गर्दा समेत वन कर्मचारीले थाहा नपाएको जस्तो गर्नुले समेत उनीहरुको संलग्नता रहेको स्पस्ट हुन्छ ,चौधरीले भने । डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले सिकारीलाई फेला पारे र वन कर्मचारीको संलग्नता भेटिय कडा कार्वाही हुने तराई एक्सप्रेसलाई बताए ।

फोटो / गुगल