अशोक पहाडी
रौतहट,२६ चैत । देशमा लकडाउन कहिले खुल्ने भन्ने ठेगान नभएपछि काठमाण्डौमा निर्माण मजदुरको काम गर्ने एक समुह काठमाण्डौबाट पैदल हिडेर तीन दिन तीन रातमा रौतहटको चन्द्रनिगाहपुर आइपुगेको छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट पैदल हिडेर उनीहरुलाई आफ्नो घर सप्तरी पुग्न अझै तीन दिन लाग्ने उनीहरुले बताएकाछन् ।
सप्तरीको डाँक बाग्गेश्वरी नगरपालिका कठौना घर भएका सात जनाको समुह लकडाउनको १७ दिन सम्म राजधानीमा बसेपछि लकडाउन नखुल्ने छाटकाट देखीपछि तीन दिन पहिला आफ्नो कुम्लो कन्तुरो सहित काठमाण्डौबाट हिडेका हुन । उनीहरु बुधबार रौतहटको चन्द्रनिगाहपुरमा दिउसो तीन बजेको समयमा आईपुगेका थियो ।
उनीहरु काठमाण्डौको थानकोट ,मुग्लीन हुदै तीन दिनमा रौतहट आईगुगेका थियो । शंकर कुमार सदा ,शिव कुमार मुखिया ,रमेश दास ,पर्शुराम चौधरी सहितको सात जनाको समुह हिडेरै राजधानीबाट तराई झरेका हुन । लकडाउन कहिले खुल्ने ठेगान नभएका कारण आफ्नै घर फर्केको उनीहरुले बताएइका छन् । राजधानीमा बस्दा खानको समस्या भएपछि आफुहरुले राजधानी छाडेको शंकर कुमार सदाले बताए ।
घर निर्माणको काममा लेबर काम गरेर बसेका उनीहरुले तीन दिन देखी भात समेत नखाएको गुनासो गरे । देशनै लकडाउन भएको अवस्थामा तपाइहरुलाई बाटोमा रात दिन हिडदा कसैले रोकेन भन्दा, पर्शुराम चौधरीले भने खै हामी रात दिन हिडेर यहाँ सम्म आउदा सम्म कसैले रोकेन ।
उनीहरुले आफ्नो साथमा एक एक थान झोला तथा ठुला कुम्ला समेत बोकेका थिए । बाटोमा भातको साटो चाउचाउ र बिस्कुट खाएको उनीहरुले बताए ।
सात जनाको समुह भएका कारण आफुहरु दिनमा र रातमा एक दुई घण्टा आराम गर्दे यहाँ सम्म आई पुगेको शिव कुमार मुखियाले बताए ।
तीन दिन तीन रातको हिडाईले आफ्ना खुट्टा सुन्नीयको भएपनि जसरी पनि जती सक्दो चाडो आफुहरुलाई घरमा पुगेर आरामको सास फेर्ने चाहाना रहेको शिव कुमार मुखियाले बताए ।
देशनै लकडाउनको अवस्थामा रहेको र लकडाउन कहिले खुल्ने भन्ने ठेगान नभएका कारण यो सात जनाको समुह जस्तै जर्दनौ समुह दैनिक रौतहटको चन्द्रनिगाहपुर हुदै पैदलनै पुर्व तिर जाने गरेका छन् । कयौलाई बिहान खाद्ययान्न बोक्ने सवारीले समेत बोकेर ल्याइदिने गरेको पाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शैलेर न्यौपानेले जानकारी दिएकाछन् ।
सुरक्षाकर्मीको कडा पहराका बिच सो समुह राजधानी काठामाण्डौबाट रातीको समय हिडेको थियो । काठमाण्डौ जस्तो कडाई अन्य स्थानमा नभएका कारण समेत आफुहरु पैदल हिडेर तीनदिन तीनरातमा रौतहटको चन्द्रनिगाहपुर सम्म आईपुगेको ,रमेश दासले बताए । पछिल्लो समय राजधानी छोडर पैदल तराई झर्ने समुहको लर्कोनै देखिने गरेको छ । काम गरेको स्थानको ठेकेदार लकडाउनको केही समय सम्म रासन दिएको र पछिल्लो समय ठेकेदारनै सम्पर्कमा नआएपछि भोकै मर्नुभन्दा आफ्नै घर जानु निको सम्झेर सात जनाको समुह आफ्नो कुम्लो कुन्तुरो सहित तराई झरेको ,रमेश दासले गुनासो गरे ।