गरुडा २८ चैत्र ।
लकडाउनका कारण मारमा परेका अति विपन्न, गरिव तथा असाहाय परिवारहरुलाई रौतहटका स्थानीयतहहरु इतिबेला राहत वितरण गर्ने काममा जुटेका छन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा यहाँका स्थानीय सरकारहरु मास्क, साबुन, सेनिटाईजर सहित मेडिकल सामग्रि वितरण गरेको थियो । पहिलो चरणमा स्वास्थ्य सामग्रि वितरण गर्ने कार्य सकेपछि दोश्रो चरणमा अहिले खाद्यान्न सामग्रि वितरण कार्य सुरु गरेका छन् । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिब मजदुरहरुको दैनिकी कष्टकर बनेपछि ज्यालादारीमा आश्रित परिवारहरुलाई जिल्लाका अधिकांश स्थानीय तहहरु यतिबेला धमाधम राहत वितरण गरिरहेका छन । जिल्लाको बृन्दावन नगरपालिकाले अहिलेसम्म ६ वटा वडाका चार हजार एक सय घरधुरीलाई राहत वितरण गरेको छ । प्रत्येक घरधुरीलाई १५ किलो चामल र एक एक किलो दाल, नुन, स्वाबीन र खाने तेल विगरण गरिएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले बताएका छन् । नगरपालिकाको १ देखी ६ नं वडासम्म राहत वितरण भइसकेको र बाँकी वडाहरुमा वितरणको कार्य जारी रहेको उहाँले बताए । यसअघि नगरका ७५ हजार घरधुरीलाई प्रति परिवार एक एक पिस गरी ७५ हजार मास्क, १२ हजार सेनिटाईजर र २० हजार साबुन वितरण गरिएको छ भने कोरोना संक्रमणको शंकास्पद विरामीको उपचारमा संलग्न एक सय २५ जना स्वास्थ्यकर्मीहरुलाई एन ९५ मास्क, २५ थान पिपिई र केहि थर्मल गन उपलब्ध गराईएको निमित प्रशासकिय अधिकृत यादवले बताएका छन् । त्यस्तै गढिमाई नगरपालिकाले अहिलेसम्म ३ वटा वडाका ३ सय अति विपन्न परिवारलाई राहत सामग्रि प्रदान गरेको छ । प्रति परिवार २० किलो चामल, २ किलो दाल, ३ किलो आलु, १ लिटर खाने तेल, १ किलो नुन, २ पिस साबुन र १ पिस सेनिटाईजर वितरण गरेको नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिएका छन् । शुक्रबारसम्म वडा नं १, ३ र ९ मा राहत वितरण कार्य सम्पन्न भइसकेको र २, ४,५,६,७ र ८ मा वितरण गर्न बाँकी रहेको नगर प्रमुख यादवले बताएका हुन । यसअघि नगरका ३५ हजार घरधुरीलाई प्रतिपरिवार एक एक सिप मास्क, २ पिस साबुन र केहि परिवारलाई सेनिटाइजर पनि वितरण गरिसकेको उहाँले बताए । त्यस्तै रौतहटको परोहा नगरपालिकाले २२ सय परिवारलाई राहत वितरण गरेको छ । यता देवाही गोनाही नगरपालिकाले पनि राहत वितरण गरिरहेको छ । देवाही गोनाही नगरपालिकाले अहिलेसम्म २ र ९ नं वडाका २ सय ३५ घरधुरीलाई राहत वितरण गरेसकेको र बाँकी वडाहरुमा वितरण कार्य जारी राखेको छ । प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नुन, २०० ग्राम हर्दि, १ लिटर खाने तेल वितरण गरिएको नगर प्रमुख धर्मेन्द्र पटेलले जानकारी दिएका छन् । नगरपालिकाले यसअघि ९ हजार २ सय मास्क, केहि सिप सेनिटाईजर र १५ हजार भन्दा बढी साबुन वितरण गरिसकेको नगर प्रमुख पटेलको भनाई छ । जिल्लामा रहेको १८ स्थानीय तहमध्ये अहिलेसम्म मौलापुर, कटहरिया, गरुडा,गौर नगरपालिकाले राहत वितरणको काम अगाडि बढाएपनि इशनाथ, माधवनारायण, फतुवा विजयपुर, गुजरा, बौधिमाई, यमुनामाई लगाएतका स्थानीय तहहरु अझै राहत वितरण गर्न कुनै तादरुक्ता देखाएका छैनन ।