श्याम कार्की
रौतहट, ३० चैत्र /
रौतहटको एक मस्जिदक्वारेनटाइनमा रहेकापाकिस्तानीनागरिकले आफुहरुले नेपालको जस्तो धार्मिक सहिष्णुता अन्तकतैपनिनदेखेको बताएका छन् । धर्म प्रचारको क्रममा रौतटह आएकाउनीहरुले न्यूज २४ सँग कुराकानीगर्दै नेपालमाहिन्दु–मुस्लिमदाजुभाइ सरह मिलेर बसेको विश्वकै उदाहरणीय भएको बताउँदै नेपालबाट अन्य देशले धेरै सिक्न सक्ने जिकीर गरे । उनीहरुले नेपालमाएकआपसमा रहेको भाइचारा उदाहरणीय रहेको भन्दै नेपालको यो पक्षनिकैनै सुन्दर रहेको बताए । सो टोलीमा रहेका ६० वर्षिय महम्मदयुसुफखानले नेपालको धार्मिक भाइचारा देखेर आफुहरु प्रभावितभएको भन्दैै आफुहरुले विश्वभरनै यस्तो भाइचार देख्न चाहेको बताए । उनले आफुहरु केवलधर्म प्रचारको लागि नेपालआएकोमाजोड दिदैँ धर्म प्रचार बाहेक अरु उद्धे्रश्य नरहेकोमाजोड दिए । उनले आफुहरु९ जनामध्ये५ जना एउटा गाउँको र ४ जनाअर्कोगाउँको भएको बताए । अर्का ६५ वर्षिय पाकिस्तानीनागरिक रइस खानले आफुहरुले नेपालमा रहेकामुस्लिमहरुसँग आफ्नाअनुभव बाड्न आएको भन्दै यहाँकामुस्लिमहरुलाई इस्लाम धर्मको महत्वबारे जानकारी दिदैँ हिडेको बताए । उनले नेपालकामुस्लिमधर्मावल्मीहरुलाई यस धर्मको बारे थपजानकारी दिनु सिवायअर्को कुनै उद्धेश्य नरहेको दावी गरे । ‘हामीलाई कतिपयले नेपालमागलतकामगर्न आएको भनेर आरोप लगाउँछन्, शंका गर्छन्’ उनले भने, ‘हाम्रो उद्धेश्यभनेको नेपालकामुस्लिमहरु माझ इस्लाम धर्मको प्रचार गर्नु र आफ्नो अनुभव बाड्नुमात्रहो । यो बाहेक अरु केही छैन् ।’ ६१ वर्षिय सम्सुल्लाहखानआफुहरु नेपालआउँदा नेपालमाकोरोनाभाइरस र लकडाउनको बारेमाकुनै नामोनिसान नरहेकाले आफुहरु नेपालकाविभिन्न स्थानमागएर इस्लाम धर्मको प्रचार गरेको बताउछन् ।उनले आफुहरुको कसैसँग दुश्मनी नरहेको र नेपाल रहँदा केवलमुस्लिमधर्मावल्मीहरुसँग भेटेको बताउँदै आफुहरुलाई अन्यथानसोच्नआग्रह गरे ।मस्जिदक्वारेटाइनमा रहेकाउनीहरुले आफुहरुलाई कोरोनाभाइरस बारेमा ज्ञान भएको बताउँदै यो भाइरस कुनै धर्म विशेषभन्दापनि सम्पूर्ण मानवजातीको लागि नराम्रो भएको बताए । उनीहरुले आफुहरु मस्जिदमा नेपाल सरकारको नियमअनुसार क्वारेटाइनमा बस्ने बताउँदै आफुहरुको स्वास्थ्यमाहालसम्मकुनैपनि समस्यानदेखिएको जानकारी दिए ।
धर्म प्रचारकालागि नेपालआएका ९ जनापाकिस्तानीनागरिकहरुलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको छ । उनीहरूलाई जिल्लाको देवाहीगोनाहीनगरपालिका–२ को करुनियामा रहेको बाबुल मुरतुजामस्जिदभित्रै क्वारेन्टाइनमा राखेको छ । करिब गत २२ जनवरीमा नेपालआएकापाकिस्तानीनागरिकहरु महम्मदयसुफखान, जैनुल्लाह, सम्सुल्लाहखान, महम्दफवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई उनीहरू बसेकै मस्जीदमा क्वारेनटाइनमा राखिएको हो । प्रहरीले तीपाकिस्तानीनागरिकहरूलाई मस्जिदबाट निस्किएर बाहिर हिड्न दिएको छैन् । उनीहरुको निगरानीको लागिमस्जिदमै २४ सै घण्टा प्रहरीको ड्युटि राखिएको छ । लकडाउन अगाडिनै विभिन्नधार्मिक कृयालापमा सहभागीहुन नेपालआएकाउनीहरुलाई प्रहरीलेमस्जिदभित्रै बसिरहननिर्देशनदिएकाछ । उनीहरुको भिषाको म्याद सन् २०२० मे १० मा सकिदैछ ।उनीहरुलाई सन् २०२० फरवरी १० मापोखराबाट पर्यटक भिषाजारी भएको छ ।