काठमाण्डौं ३० चैत्र । वीरगञ्‍जको एक मस्जिदमा भेटिएका तीन भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि अरु सम्भावित संक्रमितको खोजी थालिएको छ । वीरगञ्‍ज महानगरपालिका(२, छपकैयास्थित मस्जिदमा रहेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना भारतीयमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित पुष्टि भएका३७, ५५ र ४४ वर्षका तीनै जना पुरुष भारतीय हुन्। उनीहरूलाई कोभिड(१९ शंका लागी नारायणी अस्पताल वीरगञ्‍जको आइसोलेशनमा राखेर उपचार थालिएको थियो । त्यहीँ उनीहरुको थ्रोट स्वाब लिएर कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिँदा कोरोना पुष्टि भएको हो । उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुनस् एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शनिबार भएको पुनस्परीक्षणबाट ती तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो । तीनजनामा कोरोना पुष्टि भएपछि उनीहरु नजिक आएका अन्यको खोजी थालिएको छ। उनीहरु घुमेको स्थानसमेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।