ओम प्रकाश यादव, बैशाख रौतहट । तराईका किसानहरु यो समय गहु भित्र्याउनमा व्यस्त छन् । कोरोना संक्रमणबाट बच्न सरकारले लागु गरेको लकडाउनका कारण पुरै देश नै ठप्प छ तर रौतहटेली किसानलाई यतिखेर गहुँबाली काटन चटारो छ । तराई मधेशका अन्य जिल्ला सहित रौतहटमा पनि किसानहरु यतिखेर गहुँबाली भित्र्याउनमा लागेका हुन । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट बच्न स्थानीय सरकारले कम्तीमा एक मिटरको सामाजिक दुरी कायम गरी मात्रै बस्न र काम गर्न भनेको छ सोही निर्देशनलाई मध्य नजर गर्दै रौतहटेली किसानहरु खेतबारीमा समेत सामाजिक दूरी कायम गरेर बाली काट्न शुरु गरेका छन् । गहुँबाली पाकेर खेतमै झर्ने अवस्थामा पुगेपछि यहाँका किसान गहुँ काट्न व्यस्त भएका छन् । जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुरका किसान चौठी रायले बाली पाकेर बारीमै झर्नुभन्दा टाढा दूरी कायम गरेरै भए पनि गहुँ काट्न शुरु गरिएको बताउनुभयो । यसैविच पछिलो समय तराई मधेशका किसानहरु गहुँ काटन मेसिनको प्रयोग गरेको छ । पहिला जस्तो अहिले गहुँ काटन खेताला पाइन छाडेकोले त्यस्को विकल्पमा किसानहरु अहिले अत्याधुनिक प्रविधिको प्रयोग गरि गहुँबाली काटिरहेका छन । याहाँका धेरै जसो किसान खेताला नपाएपछि अत्याधुनिक प्रविधि कम्पाउण्ड प्रयोग गरेर गहुँबाली काटिरहेका छन । खेती किसानी गर्न पहिलाको जस्तो अहिले मानव जनशक्ति पाइदैन । त्यसको पूर्ति मेसिनरी उपकरणहरुले गर्दै आएका छन् । प्रबिधिको प्रयोग बढ्दै गएपछि लागत घटेको छ भने उत्पादन बढेको छ । खासगरी ठुलो क्षेत्रफल रहेको स्थानमा कम्बाईन्ड हारभेष्टरको काम बढि हुन्छ । कम्पाउडले थोरै समयमा बढि भन्दा बढि क्षेत्रफलको गहुँ काटिने र खर्च पनि थोरै लाग्ने गरेका हुँदा किसानहरु खेतमा कम्पाउण्ड नै प्रयोग गरेको पाईएको छ । कम्पाउडद्धारा गहुँ काटिदा झनझटिलो पनि नहुने र समयको पनि बचत हुनेभएको हुँदा कम्पाउण्डद्धारा नै आफु गहुँ काटेको वृन्दावन नगरपालिका २ का किसान छविलाल महराले बताउनुभएको छ । सरकारले लकडाउनको घोषणा गरेसँगै अन्तरपालिका आवतजावतसमेत रोकिएका बेला गहुँ पाकेर खेतमै झर्ने अवस्था आएपछि किसानले सो उपाय अपनाएका छन् ।