ओम प्रकाश यादव बैशाख १२ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा राहत वितरण गर्ने बाटो खुलेको छ । माधोपुरमा नेकपाको कारण अडकिएको राहत वितरण प्रक्रिया भोलीदेखी शुरु हुने भएको छ । राहत बाँडन गरिव घर पहिचान तथा राहत वितरण समिति वडा अध्यक्षको अध्यक्षतामा गठन गर्नुपर्ने छ । गठित समितिको सदस्यहरुमा चार राजनैतिक दल र प्रहरी प्रशासनबाट एक एक जना प्रतिनिधि अनिवार्य राख्नुपर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार माधोपुरका वडा अध्यक्ष राजीव यादवको संयोजकत्वमा ८ सदसीय गरिव घर परिवार पहिचान तथा राहत वितरण समिति गठन भएको छ । समितिको सदस्यहरुमा तत्कालिन समाजवादी पार्टिबाट विरझन यादव, राजपाबाट शिवेन्द्र प्रसाद यादव र नेपाली कांग्रेसबाट राम सोगारथ साह रहेका छन तर नेकपाले आधिकारीक प्रतिनिधि नै छनौट गर्न नसकेका कारण नेकपाबाट कसैलाई पनि राखिएको छैन । त्यस्तै वडा सचिव रामकृष्ण शर्मा, सशस्त्र वेश क्याम्प भलोहियाका प्रतिनिधि संजिव खडका, प्रहरी चौकी माधोपुरका ईन्चार्ज मनोज राजभर लगाएतलाई समितिको सदस्यमा चएन गरिएको हो । गठित समिति भोली विहानै बाट गरिव घरपरिवार पहिचान गरी नामावली संकलनको काम शुरु गर्ने र नामावली संकलन हुनेवितिकै तुरुन्त राहत वितरणको काम पनि शुरु हुने वडा अध्यक्ष राजीव यादवले बताए । राजपा, समाजवादी र कांग्रेसले समितिको लागि आफना प्रतिनिधि छनौट गरेपनि नेकपाले तिन दिनमा पनि प्रतिनिधि छनौट गर्न सकेको छैन । नेकपाले तिन दिनमा पनि प्रतिनिधि छनौट गर्न नसकेपछि बाध्य भएर नेकपालाई छाडेर राहत वितरण कार्यलाई अगाडि बढाउने निर्णय गरेको वडा अध्यक्ष यादवले बताएका छन । समितिलाई मुर्तरुप दिन वडा कार्यालयमा आज बसेको बैठकमा नेकपाबाट सहभागी जसेलाल र कोदै महतोले आफुहरुको पार्टिमा प्रतिनिधिबारे सहमति नभएपनि राहत वितरण कार्य अगाडि बढाउने सहमति जनाएपछि राहत वितरण प्रक्रिया बगाडि बढेको हो । त्यस्तै समिति पुर्णता नपाउँदै नेकपाले राम नरेश यादवलाई प्रतिनिधिको रुपमा समितिमा पठाउँने सहमति गरेको भन्दै हिजो केहि सञ्चारमाध्यमबाट गलत समाचार सम्प्रेशन भएकोप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको वडा अध्यक्ष यादवले बताए । यादवलाई आफुले स्वीकार नगर्दै समाचार बाहिरीएको प्रति उनले खेद प्रकट गरेका हुन । वडा अध्यक्ष राजीव यादवका अनुसार नेकपाका माधवनारायण नगर कमिटि अध्यक्ष देवनारायण भगतले प्रतिनिधि टुंगो लगाउने जिम्मा पार्टिका नेता एवं पहिलाको एमालेको तर्फबाट जसेलाल साह र माओवादीबाट कोदै महतोलाई दिएर बैठकमा पठाएको थियो । तर चारदिन अघि बसेको बैठकमा साह र महतोविच कुरा नमिल्दा प्रतिनिधि छान्न थप तिन दिन समय दिईएको थियो । तर त्यहीबीचमा नगर अध्यक्ष भगतले राम नरेश यादवलाई प्रतिनिधिको रुपमा समितिमा राख्न आफुलाई दबाब दिएको वडा अध्यक्ष यादवले बताए । पहिला साह र महतोलाई नै प्रतिनिधि छनौट गर्न अधिकार दिने नगर कमिटि अध्यक्ष देवनारायण भगत पछि आएर बैठकमा नै सहभागि नभएको व्यक्ति राम नरेश यादवलाई समितिमा राख्ने प्रस्ताव गरेकोले आफुले जसेलाल साह र कोदै महतोबाट त्यो प्रस्ताव आउनुपर्ने भन्दै भगतको कुरा अस्वीकार गरेको उनले बताए । यता नेकपाका नगर अध्यक्ष देवनारायण भगत विनले कमिटिका सचिव सहित अन्य सदस्यहरुलाई बाईपास गरी एकलौटी रुपमा राम नरेश यादवलाई प्रतिनिधि बनाउने प्रस्ताव गरेको भन्दै पार्टिमै कडा रुपमा विरोध भएको छ । पुर्व माओवादीका गाउँ कमिटि अध्यक्ष समेत रहेका कोदै महतोले नगर अध्यक्ष भगत पार्टिको विना सहिमति आफना मनोपोली ढंगले राम नरशेलाई प्रतिनिधि बनाउने गरेको प्रस्तावलाई आफुले कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिएका थिए । पार्टिले निर्णय गरेको व्यक्ति मात्रै प्रतिनिधि बन्न पाउँने उनको थियो । पुर्व एमाले र माओवादीबीच यसरी नै कुरा नमिल्दा नेकपाले राहत वितरण समितिको लागि प्रतिनिधि गुमाएको छ ।