अशोक पहाडी
रौतहट,१७ बैशाख ।
जिल्लामा दुईजनामा कोराना संक्रमण पुष्टिभएसंगै लकडाउनमा थप कडाई गरिएको छ । अन्य समयको तुलनामा जिल्लामा लकडाउनमा कडाइ गरिएको हो । बृन्दावन नगरपालिकामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि सो नगर क्षेत्रमा लकडाउन थप कडाइ गरिएको छ ।
मंगलबार रौतहटमा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । रौतहटमा कोरोना संक्रमण भेटिएका दुबै जनाको सम्पर्कमा आएकाहरुलाई पहिचान गरेर स्वाब संकलन भइरहेको छ । कोरोना पुष्टि भएको दुबै नगरपालिकाको वडाहरुलाई चार किल्ला बनाएर सील गरिएका छ ।
बृन्दावनको अन्य वडामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरेको नगर प्रमुख राम स्नेही यादवले बाएका छन् । बुधबार बृन्दावन नगरपालिकाको प्रत्येक वडामा नेपाल प्रहरी, शसस्त्र प्रहरीसँगै नगर प्रमुख राम स्नेही यादवले अनुगमन गरि लकडाउन पालना गर्न नगर वासिमा आग्रह सेमेत गरेका छन् ।
नगर प्रमुख यादवका अनुसार बृन्दावनका वडा नं—१, २, ३ र ८, ९ मा नेपाल प्रहरी र शसस्त्र प्रहरी सँगै सो वडाहरुबाट ७—७ जना भोलेन्टियर समेत परिचालन गरिएको बताएका छन् । संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब रिपोर्ट नआए सम्म बृन्दावमा लकडाउन कडा हुने मेयर यादवले बताएका छन् । बृन्दावको सार्वजनिक स्थानमा समेत सिल लगाएको छ । राजमार्गमा पहिलाको तुलनामा आवत जावतमा समेत कडाइ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले बताए ।