उपेन्द्र गोले , तामाङ
चन्द्रपुर , रौतहट
दिनभरिको थकान अनि विभिन्न कामको बोझले थकित शरिर तथा मष्तिस्कहरु साझ ७ बजे खाना खादा खादै नयनहरुमा निन्द्रा देवीको आगमनसगै मनभरि भोलीका कामहरुको योजना भित्रभित्रै तयार हुन नपाउदै अन्यासै शिथिल बन्ने शरिर एक्कासी बिहान नयनहरु खुल्दा मोबाइलमा आखा लगाउछु । मोबाइलले बिहानको ४ बजेको जानकारी मलाई दिइरहेको हुन्छ । अनि यसो कानलाई सुत्ने कोठाभन्दा बाहिर पठाउछु । केही चराका स्वर तथा कुखुराको भालेले पनि उज्यालोको संकेत गरिरहेको सुन्न पुग्छु । त्यो संकेतसंगै मलाई रातभरि सुत्न आनन्द दिने ओछ्यान अनि सिरानीलाई मनमनै धन्यवाद दिदै कोठाको ढोका खोल्न पुग्छु । जब मेरा रातभरि आराम गरेका यी नयनहरुले त्यो मिर्मिरे बिहानीको आकाश अनि सुमधुर पंक्षिहरुका आवाजसंगै स्वच्छ , रमणिय सुनसान वातावरणको दर्शन पाउछु आफुले आफुलाई नै भाग्यमानीको संज्ञा दिन बाध्य हुने छु । आहा कस्तो रमाइलो बिहानी । त्यसैले त मानिसहरुले शुभ बिहानी भनी सम्बोधन गर्दोरहेछ भन्दै हराउन पुगेको पत्तो नै पाउदिन म । केही समय हराउछु अनि एक्कासी झस्किन पुग्छु ।
बिहानीको मिर्मिरेसगै नृत्यकर्मतिर लाग्छु । आधी घण्टाको नृत्यकर्म पश्चात मर्निङ वाकको लागी निस्कछु । १५÷२० मिनेटको मर्निङ वाकलाई सहज बनाउन चौरमा शारिरिक ब्यायाम गर्न पुग्छु । ब्यायाम गर्ने कार्य सकिएपछि एक्कासी मेरा आखा हातमा ३६० डिग्रीमा घुमिरहेको घडीमा पुग्छ । घडीले ६ बजेको संकेत गर्छ । विस्तारै शरिरका अंगहरु क्रियासिल बनाएर घर फर्कन्छु । जीवनको हरेक मोडमा सहि र गलत छुट्याउन ज्ञान दिनु हुने , पदप्रदर्शक हृदयको टुक्रा मेरी आमाले चिया तयार परिसक्नु भएको हुन्छ । चियासंगै आमासंग केही क्षण भलाकुसारी गर्न पुग्छु । केही समयपछि बाथ रुममा नुहाउन पुग्छु । त्यतिकैमा बाबाले मोवाइलमा बिहानको ८ बजेको समाचार बजाउदै गरेको आवाज मेरो कानमा ढोकिन पुग्छ । हत्तार हत्तार नुहाउछु अनि खाना खान्छु । अफिस पोशाक पहिरन पछि मनभरि आफ्ना बाबा आमा अनि आफ्नो परिवारको सपना पुरा गर्ने उद्देश्यमा गन्तब्यतर्फ लाग्दै गर्दा अनेकौ सपनाहरु बुन्न पुग्छु । ति सपना बुन्दै गर्दा अफिसको ढोकामा पुगेको अत्तोपत्तो पाउदिन । एक्कासी सर नमस्कार भन्ने शब्द कानमा गुञ्जन पुग्दा आफुलाई बल्ल सतर्कता अपनाउछु । अनि आफ्नो सपना पुरा गराउन तल्लीन हुदै बेलुकी ५ बजेसम्म कतै मन घुमाउने समय पनि पाउदिन । ५ बजेको संकेतसगै पुन खुशी हुदै बास स्थानतर्फ लम्कन्छु । बासस्थानको आगमनसंगै केही समय आराम अनि खाना पश्चात ओछ्यानको सहारा लिन पुग्छु ।
यसरी बिताएका ति दिनचर्याहरु चिनको वुहान हुदै इटली , बेलायत , अमेरिका लगायत विभिन्न खाडी तथा युरोपियन मुलुकहरुसगै विश्वलाई हाछ्यु हाछ्यु पार्दै आक्रमणमा उत्रिएको कोरोना भाइरसले नेपालमा पनि आक्रमण गर्ने भएपछि २०७७ बैशाष ११ गतेबाट नेपाल सरकारले देशैभरी लकडाउनको घोषणा गर्याे । पटक पटक गरेर हालसम्म लकडाउन कायम नै रहेको छ । दिनानुदिन संक्रमित पनि बढ्दै गएको छ । यो लकडाउको अवधिले केही दिन त खुशी नै दिलाएको थियो । तर बिस्तारै यसले बिकराल रुप लिन थालेको छ । घरका सबै लकडाउनको पुर्ण रुपमा पालना गरिरहेका छन । दिनरात घरको बसाइ अब वाक्क दिक्न लाग्न थालेको छ । स्कुल बन्द , सडक बन्द , बजार बन्द , दैनिक प्रयोगमा आउने सामग्री खरिद गर्ने पसल बन्द , हुदाहुदा अब खाने मुख बन्द हुने समय आउने समय पनि भइसकेको छ । नेपाल सरकारले ८० करोडको राहत बितरण गरिसकेको जनाएको छ । तर मेरै घर छेउका घर डेरा गरि बस्नु हुनेले त्यो राहत पाउन सकेको छैन । घरमा अन्नको भण्डार नै भएकाहरुले त्यो ८० करोडको राहत खाइरहेका छन । खान अन्नको गेडा छैन , दाल छैन , नुन छैन , तेल छैन खै के के छैन कसलाई भनौ म । अब मुलुकमा कोही खान पाइएन भन्ने कही कतैबाट गुनासो आउने छैन । अब मुलुकमा साम्यवाद स्थापित हुने छ । धनी गरिवको पर्खाल भत्काइएको बताउदै आएकाहरु नै गरिवको जीवनमा पौडी खेलिरहेको निर्दाेस नयनहरुले टुलुटुलु हेर्नु बाहेक केही गर्ने. सक्ने परिस्थिति पनि रहेको छैन किनकि चुनावमा बिरालो जस्तो म्याउ—म्याउ भन्दै मिठामिठा सपना छरेर आज सम्पुर्ण अधिकार यी नै हातहरुले स्वस्तिक छाप लगाएर दिलाएको थिए । आमा भोक लाग्यो भनी सोधेका ति शब्दहरु कानमा गुञ्जिरहेका छन तर त्यो चित्कार न त नेता कार्यकर्ताले सुने न त सरकारले नै ? २÷४ जना कार्यकर्ता अनि प्रशासनको मिलोमत्तोमा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई छानी छानी राहत बितरण गरेका तर भोकै मर्ने अबस्था भएका ति गरिवहरुसम्म राहत बितरण नभएको स्पष्ट ऐना सरि देख्दा समेत चुपचाप हेर्नु पर्दा लाग्छ मेरो देशका नेतामा मानवताको भावना मरिसकेको रहेछ । स्थानिय सरकारहरु कहाबाट कति रकम राहत आउदै छ ? नगरले ? प्रदेशले ? संघ÷संस्थाले ? कि ब्यक्तिगत ? यस्तै यस्तै कुरामा छटपटिएको समेत लकडाउनले घरैबाट हेरिरहेको छु । लाखौ राहत नगर , प्रदेश , संघिय सरकार तथा विभिन्न संस्थाहरुले स्थानिय सरकारलाई बितरणको लागी बिनियोजन गरि पठाएको सुचनाहरु मेरा कानमा ठोकिन आइपुग्छ । तर लगभग ४० प्रतिशत मात्र आफ्ना कार्यकर्तालाई बाड्दा भाग समेत लगाउन नसक्ने सरकारको लजिलो क्रियाकलाप टुलुटुलु हेर्दै दिनहरु बिताइ रहेको छु । यसरी नै आजकालका दिनहरु बिताउनु परेको छ । जनता भोका छन उनीहरुलाई बचाउनु कर्तब्य समेत निभाउन नसक्नेहरुले गरेका ति कुण्डित कामहरुको दर्शन बन्दै लकडाउनको पालना गर्दै छु म ।
म भन्न पनि सक्दिन किनकी हिजो त्यो अधिकार म आफैले सुम्पिदिएको हु । सरकार निर्माणमा मेरो त्यो एक भोटको पनि गणना भएको थियो । हिजो चप्पल लगाएका झुपडीमा बसेका ति नेताहरु आज त्यही मेरो एक भोटको गणनासंगै सरकारको त्यो कुर्सीमा पुगेपछि महलमा चिल्लो गाडीमा हुइकिदै डिस्को बारमा नाचिरहेको नग्न अश्लिन चरित्र समेत सिनेमा जस्तै हेर्दै बस्नु परेको छ । गरिबका घरको चुलोमा आगो बल्ल छाडेको छ । रातभरि भोकले छटपटिएका ति अबोध बालबालिकाहरु निदाउन सकेका छैनन तर पनि उनीहरुको समस्याको सम्बोधन गर्नेतर्फ कसैको ध्यान जान नसक्नुको पिडालाई सहन बाध्य छु । आज म पछुताएको छु । आखिर चुनावमा किन त्यस्ता राक्षसहरुलाई भोट हाले ।
मुलुकमा राणा शासनको अन्त्य भइ बहुदलिय ब्यबस्था आयो । जनतालाई त्यो ब्यबस्थाले पनि धोका दियो त्यसको प्रतिफलमा प्रजातन्त्रको उदय हुन पुग्यो । प्रजातन्त्रको प्रयोग समेत नेपाली जनताले गर्न पाएनन । त्यसैले प्रजातन्त्र पनि लामो समय टिक्न सकेन । विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले जनतालाई पञ्जामा खेलाउन नपाएपछि राजतन्त्रको एजेन्डा उठान गरि भेडासरि जनतालाई सडकमा उतारे । राजा ज्ञानेन्द्रले अन्त्यमा सम्पुर्ण अधिकार जनतालाई सुम्पि आफुले राजगद्धी परित्याग गर्न बाध्य भए । आज मुलुकमा लोकतनान्त्रिक गणतन्त्र स्थापित भएको छ । जनताको सम्पुर्ण हक अधिकार सुरक्षा , गास वास कपासको ब्यबस्था तथा जनताका सुख दुखमा सहकार्यको लागी जनताले सदनमा अमुल्य भोट दिएर पठाएका थिए । तर मुलुकमा ब्यबस्थाको नाम मात्र फरक देखिएको छ । हिजो राजा लगायत केही ब्यक्तिहरुले मात्र जनताको मसिनाको भेलमा पौडी खेलेका थिए तर आज हजारौ राजाहरु जन्माएका रहेछौ । सघिय राजाहरु , प्रदेशका राजाहरु , उप—महानगरका राजाहरु , महानगरका राजाहरु , नगरका राजाहरु , हरेक वडाका राजाहरु र त्यसका भरौटेहरु लाखौको संख्यामा तैनाथ भएका छन । हिजो आफ्नो हैसियत कहा थियो ? जनतासंग गरेका बाचाहरु के थिए ? के जनताले यसरी नै जनता कै पसिनामा पौडी खेल्न सदनमा पठाएका हुन त ? हिजो २० औ बर्ष गरेका परिश्रमले शरिर ढाक्न र एक पेट भोजनको ब्यबस्था गर्न धाउधाउ पर्नहरु आज राजा भएपछि २ बर्षमा नै कहाबाट आयो ति ठुला घरहरु , चिल्ला गाडीहरु अनि लाखौ करौडाका प्रोपटिजहरु ।
हो यी सबैको नजिकबाट नियाल्ने मौका आज मलाई कोरोनाले दिलाएको छ । विश्वलाई त्रसाएको कोरोना भाइरसले मुलुक लकडाउन हुदा मैले यी यस्तै राजाहरुले गरेका क्रियाकलापहरु नियाल्न आफ्नो समय खर्चिरहेको छु । अझै भित्रि रहस्यहरु समेत नियाल्दै छु । अब हामीले स्थापित गरेका ब्यबस्थालाई लागु गराउने नेता कार्यकर्ताको खोजी गर्ने समय आएको छ । ति भरौटेहरुलाई राजा ज्ञानेन्द्रलाई खेदे जस्तै जुत्ताका माला लगाएर खेद्न सकेनौ भने लोकतान्त्रिक गणतन्त्रको बिकल्प लागी अर्काे मोर्चाबन्दिको तयारीमा जुट्नै पर्ने देखिएको छ । आउ साथी हो , एउटा नया त्यस्तो मोर्चा बनाउ जसले जनताको पक्षमा ओकालत गर्न सकोस । अझै एक पटक ति राजाहरु अनि भरौटेहरुलाई सहि तरिकाले लोकतान्त्रिक गणतन्त्रको ब्यबस्थालाई सदुपयोग गराउन दवाव सिर्जना गर्न सकौ । हामीले सुम्पिएको अधिकारको दुरुपयोग गर्न छाड्दैन भने त्यस्तालाई पन्छ्याउन जनताले जानेका छन र पन्छ्याउनु बाहेक अन्य बिकल्प पनि छैन । अधिकार जनताले दियो भन्दैमा आफु राजा नै हु भन्नेहरुको विलय निश्चित छ । आजै सचेत बनौ । एकादेशको कथाको पात्र बन्ने खेल आजै बन्द गरौ ।
धन्यवाद ।