उपेन्द्र झा
चीनको वुहान शहरबाट जनवरी २०२० को तेस्रो साताबाट आएको कोरोना भाइरस आफ्नो सामथ्र्यको बाबजुद पनि चीनलाई त्राहिमामको अवस्थामा पु¥याई दियो । सुक्खायामको आगो जस्तै अनियन्त्रित रूपमा संक्रमण बढाउँदै लाखौंको संख्यामा चिनियाँ नागरिकलाई शिकार बनायो । चीनमा प्रति घन्टा २५० जना कोरोना भाइरसबाट संक्रमित हुँदै जाने घटनाले सारा संसारलाई भयभीत बनायो । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रूपमा घोषणा ग¥यो ।
हरेक प्रविधि र अत्याधुनिक स्वास्थ्य उपकरण तथा क्षमतावान वैज्ञानिक र डाक्टरबाट समर्थ चीन कोरोनाको तीव्रता र संक्रमण र कोरोना भाइरस प्रभावित व्यक्तिको मृत्युको तेज गतिले केही दिनका लागि असमर्थ बनायो । यो महामारीको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धित कार्य सम्पूर्ण एक साथ गर्नु पर्दा चीन केही समय लागे पनि अहिले विश्वका लागि सबक बनेको छ । २३ जनवरीमा सामाजिक पृथकीकरण (क्यअष्ब िमष्कतबलअभ) गर्न चिनियाँ सरकारले कडाइका साथ यो कानून ल्यायो । सबैलाई आफ्नै घरमा रहन बाध्य बनाएपछि कोरोनाको संक्रमण दर घट्न थाल्यो । अकस्मात् नवीन किसिमको भाइरसको सामना गर्दा अध्ययन, अनुसन्धान र उपचारमा समय लागेपनि धेरै कम समयमा (१ महिना) चीनले बडो कुशलतापूर्वक नोवेल कोरोना भाइरस (ऋयखष्म(ज्ञढ) माथि नियन्त्रण कायम ग¥यो । यस दरम्यान ३२०० चिनियाँ नागरिक मृत्युका शिकार भए ।
चीन बल्ल अहिले चैनको साँस फेरेको छ । २३ जनवरीबाट सुरू गरेको लकडाउन २५ मार्चमा हटाएको छ । कोरोना संक्रमण शून्यमा झार्दा चीनले जहाँ राहतको साँस फे¥यो । इटली, फ्रान्स, स्पेन, अमेरिका, ब्रिटेन, भारत लगायत संसारको २०५ देशमध्ये १९६ देश कोरोना भाइरसबाट त्रस्त हुन पुगेको छ । अहिले इटली, स्पेन, इरान, फ्रान्स, ब्रिटेन, जर्मनी, अमेरिका, भारत देशहरूमा संक्रमण तीव्र रूपमा बढेको छ । इटली, स्पेन, इरान, अमेरिकाले आफ्नो हजारौं नागरिक कोरोनाको प्रकोपमा गुमाइसकेका छन् । चीनको सबक सिक्न नसकेको इटली, इरान, स्पेनमा मानव क्षति बढी भएको छ । इटलीले त हजारौं नागरिक गुमाउँदा पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न सकेको छैन ।
कोरोनामाथि नियन्त्रण पाउन चीनले अपनाएको विधि, प्रविधि नै संसारको लागि उपयुक्त रहेको सबैले स्वीकारेका छन् र सबै देश यही प्रयोग गर्दै छन् । चीनले पहिले संक्रमण रोक्न सामाजिक पृथकीकरण (क्यअष्ब िमष्कतबलअष्लन) विधि अपनायो । दोस्रो संक्रमितहरूलाई आइसोलेशन विभागमा (पृथक विभाग) राखेर उपचार गर्न थाल्यो । कोरोना संक्रमित व्यक्तिहरू उपचारबाट निको हुन थाल्यो । तेस्रो मास्क लगाउने, साबुन पानीले हात धुने, मुख, नाक, आँखालाई हातले नछुने, आफूले प्रयोग गर्ने पोशाकहरू दिनदिनै सफा गर्ने, आफ्नो वरिपरि सरसफाई राख्ने, धाममा बस्ने, स्वच्छ खानपान गर्ने, शाकाहारी भोजन ग्रहण गर्ने आदि निर्देशनबाट चीनले आफ्नो नागरिकलाई अनुशासित बनायो । नागरिकको सहयोग पाएर चीनले कोरोनाको महामारीबाट बच्यो ।
विश्वमा अहिले लाखौंको संख्यामा कोरोना संक्रमित व्यक्तिहरू छन् । यसमा उपचारबाट निको भएको पनि लाखौं छन् । अर्थात् यस महामारीलाई नियन्त्रणमा लिन २५द्व सफलता हासिल भएको छ । तर संक्रमण दरमा वृद्धि भएन भने यो सफलताको अर्थ हुन्छ । चीनले ३२०० मानव क्षति बेहोरेर कोरोनामाथि नियन्त्रण पायो तर इटलीले हजारौं नागरिक गुमाए पनि महामारीलाई नियन्त्रणमा लिन सकेको छैन ।
हाम्रो छिमेकी देश भारतमा कोरोना संक्रमित रोगीहरूको संख्या दश हजारभन्दा बढी पुगेको छ । चार सयभन्दा बढीको मृत्यु भइसकेको छ भने पाँच सयभन्दा बढी निको पनि भएका छन् । नेपालसँग खुल्ला सिमाना जोडिएको भारतमा पनि कोरोना भाइरसको पदार्पण भइसकेको छ । चीनमा कोरोनाले मचाएको विनाशलीलालाई भारतीय प्रधानमन्त्रीले राम्ररी हेरिसकेकोले उनले २२ मार्चमा एक सप्ताहका लागि घरमा बस्न आफ्ना नागरिकलाई बस्न आग्रह गरेको थियो । केही हदसम्म प्रधानमन्त्रीको आग्रह सफल रहेपनि बाहिर निस्किने क्रम रोकिएन । २५ मार्चदेखि सम्पूर्ण देशलाई लकडाउनमा राख्न १४ अप्रिलसम्म २१ दिनको समय सीमा राखेर घोषणा ग¥यो । अहिले भारत २१ दिनका लागि बिलकुल लक भएको छ । कोरोनाले भारतमा आफ्नो उपस्थिति जनाएपछि यसको प्रवल वेगलाई रोक्न चीन जस्तै भारतले पनि सामाजिक पृथकीकरणको विधि अपनाएको छ ।
चीन र भारतको बीचमा रहेको नेपाल कोरोना भाइरसको उच्च जोखिममा छ । २०२० लाई पर्यटन वर्ष घोषित गरेको नेपाल वर्षको सुरूवातमा नै कोरोनाको प्रकोप भोग्नुप¥यो । विश्वभरि कोरोनाको आतंक फैलिइरहेको अवस्थामा पर्यटन वर्ष २०२० को औचित्य त्यसै निस्तेज भएको छ । विश्वका पर्यटकहरूको गन्तव्य स्थल रहेको नेपालमा कोरोना संक्रमण नरहे पनि यो आँधी जतिबेला पनि नेपाललाई आफ्नो चपेटामा लिने प्रवल सम्भावना रहेको छ ।
स्वास्थ्य क्षेत्रमा अत्याधुनिक प्रविधि र उपकरणबाट सम्पन्न सामथ्र्यवान देशहरूलाई कोरोनाले तबाही मचाएको अवस्थामा नेपाल जस्तो अल्प विकसित मुलुकमा यो प्रकोप प्रवेश ग¥यो भने के होला ? अहिलेसम्म कोरोनाको प्रवेश हुन नसकेकोमा खुशी मनाउनभन्दा सतर्कता अपनाउन जरूरी देखिन्छ । संसार अहिले कोरोनाबाट बच्न लकडाउनको विधि अपनाएको छ । नेपालले पनि बचाउमा पूरै देशमा लकडाउन गरेको छ । तर, लकडाउन अनिश्चितकालीन हुन सक्ने सूत्रले जनाएको छ ।
नेपालमा ग्रामीण क्षेत्रमा अहिले पनि प्राथमिक जाँचको व्यवस्था हुन सकेको छैन । हुन त सीमानाका, हवाईसेवा, यातायात सेवा ठप्प भएको अवस्था, स्कूल, कलेज तथा मानिस जम्मा हुने सबै स्थल बन्द भएको अवस्थामा यसको प्रवेश निषेध रहने कुरा सत्य हो तर पनि मानिसमा विश्वको दृश्यले त्रास फैलाएको छ । अहिलेसम्म नेपालमा कोरोना नआउनुप्रति पनि बुद्धिजीबीले शंका गर्न थालेको छ । तर यसमा कुनै सत्यता छैन । कोरोना आगोको लप्का जस्तै बस्तीका बस्ती सखाप पार्ने क्षमता राख्दछ । यसलाई कसैले लुकाएर लुक्दैन ।
कोरोनासँग लड्न नेपाल सरकार पर्याप्त छैन । नागरिकको सहयोग उत्तिकै आवश्यक छ । चीन र भारतले पनि उपचार सामग्रीबाट सहयोग गर्ने वचन दिएको छ । केही दिन हामी घरमा बसेर सरकारलाई सहयोग गरौं र नआएको कोरोना भाइरसलाई नेपाल छिर्न नदिउँ । नेपालमाथि पशुपतिनाथको कृपा रहेको यस बेला सत्यापन भएको छ । (मधेश दर्पण फिचर सेवा)