गौर,३० जेठ / नेपाल नाइ संघ जिल्ला समिति रौतहटले बिहिबार जिल्ला प्रशासन कार्यालय रौतहटलाई ज्ञापन पत्र बुझाएका छन ।
कोरोना भाइरसका कारण आफ्नो ब्यावसाय संकटमा परेको भन्दै ब्यावसाय सञ्चालनको वाताबरण सहज बनाइ दिन सो ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे समक्ष पेश गरेको बिनोद हेयर सैलुनका सञ्चालक बिनोद ठाकुरले बताए । आफ्नो दैनिकी कपाल काटेर चलाउदै आएका सैलुन ब्यावसायहरुले लकडाउनका कारण चैत्र ११ गतेबाट ब्यावसाय बन्द गरेका थिए । जसका कारण अहिले सैलुन ब्यावसायहरुको दैनिकी संकटमा परेको छ ।
बिहान बेलुकी हातमुख जोड्न समेत धौ(धौ परेको समयमा घर भाडा तथा बैक र बित्तिय संस्थाहरुले ब्यावसाय सञ्चालन गर्न लिएको ऋणको ब्याज तथा किस्ताको ताकेता गर्दा आफुहरु मारमा परेको गौरमा सैलुन ब्यावसाय सञ्चालन गर्दै आएका बृजकिशोर ठाकुरले दुखेसो पोखे ।
आफ्ना र परिवारको जीवन निर्वाह गर्न समेत नसक्ने अबस्थामा कोठा भाडा , बैक तथा विभिन्न सहकारीबाट लिएको ऋणको ब्याज छुट गराउन मागसहित जिल्ला प्रशासन कार्यालय रौतहटलाई ध्यान आकर्षणको लागी नेपाल नाइल संघ रौतहटले ४ बुदे मागसहित ज्ञापज पत्र बुझाएको नाइल संघ रौतहटका जिल्ला अध्यक्ष रामधारी ठाकुरले बताए । नेपाल सरकारले सैलुन सञ्चालनमा सहज वाताबरण सिर्जनाका लागी आवश्यक स्वास्थ्य सामग्रीहरु माक्स , सेनिटाइजर , पिपिइ , ग्लोब निशुल्न उपलब्ध गराई सैलुन सञ्चालनमा सहजता बनाइ दिनु पर्ने पवन हेयर सैलुनका सञ्चालक पवन ठाकुरले बताए ।
सैलुन सञ्चालक तथा श्रमिकहरुको परिवारमा यति बेला रासनको अभाव रहेको छ । उनीहरुको जिवन संकटमा परेकोले तत्काल राहतको ब्यबस्था गर्नु पर्ने शिवनगरका प्रमोद ठाकुर बताए । रौतहट लगायत मुलुकभर नै लकडाउनका कारण सैलुन ब्यावसायहरुको जीवन संकटमा परेको छ । अन्य ब्यावसायहरु लुकिछिपि पनि केहीले सञ्चालन गरेको भएतापनि सैलुन ब्यावसायमा भने त्यस्तो गर्न नमिल्ने भएकाले सैलुन ब्यावसायहरु बढी प्रभावित हुनु परेको सुरेन्द्र ठाकुरले बताए । सैलुनमा आएका ग्राहकहरु विभिन्न थरिका हुने हुनाले कोरोनाको संक्रमन हुन सक्ने भय बढी सैलुन ब्यावसायलाई नै रहने हुनाले नेपाल सरकारले पहिलो प्राथमिकता सैलुनलाई नै दिनु पर्नेमा नाइल संघ रौतहटले जोड दिएको छ ।