जनकपुर,३० जेठ ।
भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएपछि त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेको परिचय खुलिसकेको छैन । पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यस क्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए ।