गरुडा,१ असार ।
रौतहटको गरुडा नगरपालिका वडा नं—२ गेडही गुठीमा कल्भट शिल्यानास गरिएको छ । समाजसेवामा सकृय रहेका समाजसेवी तथा गरुडा निवासी कन्थमनि प्रसाद जयसवालले रौतहटको गरुडा नगरपालिका वडा नं—२ गेडही गुठीमा कल्भट निर्माण तथा मर्मत कार्यलाई आईतबार शिल्यानास गरेको हो । बिगत लामो समय देखि गेडही गुठीको नहरमा कल्भटको समस्या रहेका बेला समाजसेवी जयसवालले प्रदेश २ का भौतिक पूर्वधार विकास मन्त्रालयबाट पहल गरेर ५ लाख बजेट ल्याई सो स्थानमा कल्भट निर्माण गरेको नेता जयसवालले बताएका छन् । सो स्थमनमा पुरानो कल्भट भत्केको हुंदा स्थानियको दर्जनौं गोरु खाडलमा खसेर मरेका स्थानिय वासिन्दा चनरदेव सहनिले बताएका छन् । सोही समस्यालाई मध्य नजर गर्दै समाजसेवी जयसवालले प्रदेश २ का भौतिक पूर्वधार बिकास मन्त्रालयमा पहल गरेका थिए । नेता जयसवालको पहलमा अएका बजेट रौतहटको जल स्रोत तथा सिंचाई डिभिजन कार्यालय गौरबाट उपभोक्ता समिती गठन गरेर कामकाज थालिएको हो । उपभोक्ता समितीमा अध्यक्ष भुप नारनयण सहनि, कोषा अध्यक्ष रिना देवी, सचिबमा जलसिया कुमारी रहेर कामकाज थालिएको छ । यस्तै विगत लामो समयदेखि समाजसेवामा लागेका नेता कन्थमनिको पहलमा आएका बजेटले रौतहटको विभिन्न स्थानमा काम भईरहेको नेता जयसवालले बताएका छन् । यस अघि समासेवी जयसवालले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—८ सन्तपुरमा कुलो शिल्यानास गरिएको थियो ।