गौर,२७ असार । लगातारको वर्षापछि लालबकैया नदीमा आएको बाढी पसेपछि ईशनाथ नगरपालिकाको बन्जाराहा गाउ जलमग्न भएको छ । गाउँको वरिपरि बाढीले घेरेपछि स्थानीय प्रशासनले सतर्क रहन भनेको छ ।
त्यस्तै गौर नगरपालिका–२ महादेवपट्टिस्थित लालबकैया नदीमा बाँधिएको बाधबाट पानी गाउँमा पस्न थालेको छ । गत वर्ष बाढीले भत्काएको बाँध मर्मत नहुँदा पानी गाउ पसेको हो । अहिले महादेवपट्टि क्षेत्र जलमग्न भएको छ ।
ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि उद्धार र राहतका लागि तयारी गर्नेबारे सबै वडाध्यक्षहरुसित छलफल भएको बताए ।