चन्द्रपुर २३ साउन ।
रौतहटमा पत्रकारहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको छ । हाम्रो सानो प्रयास काठमाडौ र सानो पाइला विरगंजको आर्थिक सहयोग तथा सृजनात्मक समाज कल्याण केन्द्र नेपाल गरुडा रौतहटको आयोजनामा सो स्वास्थ्य सामग्री बितरण भएको हो । सो स्वास्थ्य सामग्री रौतहटबाट दैनिक प्रकाशन हुने तराई एक्सप्रेस दैनिकका पत्रकार रुपेन्द्र पटेललाई हस्तान्तरण गरिइएको छ । रौतहटका विभिन्न सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीहरुलाई सेनिटाइजर, केएन ९५ माक्स, पेष्ट, ब्रस, टावेल लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको सृजनात्मक समाज कल्याण केन्द्र गरुडाका अध्यक्ष विवेक शर्माले बताएका छन् । उनले कोरोनाको यो संकटमा आम नागरिक सचेत हुनका साथै एक घर एक सिसिआर टेष्ट रौतहटका प्रत्येक नगरपालिकाले ब्यबस्था गर्नु पर्नेमा जोड दिएका छन् । सो कार्यक्रमा पत्रकार सुब्बा कार्की , बालविक्रम कार्की , उपेन्द्र गोले, गोपाल तिमलसिना लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेका थिए ।