अशोक पहाडी ,चन्द्रपुर,१५ भदौ /
लामो समयको निषेधाज्ञा र लकडाउनका कारण रौतहटका होटल मजदुर ,यातायात मजदुर ई रिक्सा चालक तथा ठेला चालकको चुल्लो नबल्ने अवस्था रहेका छ । ६ महिना देखी बस चल्न नपाएका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने बसका मजदुरलाई दुई छाक खाननै धौ धौ परेको उनीहरुको गुनासो रहेको छ ।
दिनभरी चन्द्रनिगाहपुर र गौरमा ठेला चलाएर घर चलाउदै आएका ठेला मजदुरले समेत काम अभावमा खान समस्या भएको गुनासो गरेकाछन् । जिल्लाका बिभिन्न स्थानमा ई रिक्सा चलाएर जिवन चलाउदै आएकाहरुको घरमा खाने सामल नभएर चरम समस्या आएको रिक्सा चालक केदार प्रसाद तिमलसिनाले तराई एक्सप्रेसलाई बताए ।
चन्द्रनिगाहपुर गौर सडक खण्डमा बिगत लामो समय देखी सवारी चालकको काम गर्दे आएका संजिव यादवले ६ महिना देखी बस थन्केका कारण परिवारलाई खुवाउन समस्या परेको गुनासो गरे । दिनभरी बस चलाएर सांझ भत्ता ल्याएर चामल तरकारी किनेर खाने हामी मजदुर लकडाउन र निषेधाज्ञाले ठुलो समस्यामा परेका छौ,हाम्रो समस्या हेर्ने कोही भएन् ,उनले गुनासो गरे ।
रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट लामो तथा छोटो दुरीका गरी ७२ वटा भन्दा धेरै बस जिल्लाभरी चल्ने गरेकामा पछिल्लो ६ महिना देखी सेवा बन्द भएसंगै ती बसमा काम गर्ने मजदुरका परिवारमा खाद्ययान्न अभाव रहेको रौतहट बस ब्यावसायी सेवा प्राली चन्द्रनिगाहपुरका ईन्चार्ज शैलेस गिरीले तराई एक्सप्रेसलाई बताए । रौतहट बस ब्यावसायी सेवा प्रालीमा अवद्ध करिव तीन सय यातायात मजदुर कोरोनाको कहरले भन्दा खाने समस्याले मर्ने अवस्थामा पुगेको भएपनि त्यस तर्फ सम्बन्धीत निकायले चासो नदिएको गिरीको भनाइ रहेको छ । दिनभरी काम गरेर कमाएर ल्याएको पैसाले परिवार पाल्दै आएकोमा पछिल्लो समयको बन्दाबन्दीका कारण परिवार पाल्न धेरै समस्या भएको चन्द्रनिगाहपुरका अर्का बस मजदुर विरेन्द्र पटेलले तराई एक्सप्रेसलाई बताए ।गौर (काठमाण्डौ चल्ने आफ्नो बस ६ महिना देखी चलाउन नपाउदा राखैकै ठाउमा बसको टायर र बडीनै कुहिने अवस्था पुगेको र बैंकको ब्याज समेत तिर्न नपाएको धुम थ्रि नामको बसका संचालक दिपक तिमलसिनाले गुनासो गरेकाछन् । उनले राज्यले लकडाउनको बिकल्प खोजेर यातायात संचालनको ब्यावस्था गरे आफुहरुले राहत पाउने तराई एक्सप्रेसलाई बताए । बन्दाबन्दीका कारण बस मजदुर जस्तै समस्यामा रौतहटमा ठेला चलाएर जिविका चलाउनेहरुले मजदुर परेकाछन् । ठेला चलाएर जिविका चलाउदै आएका मोहमद सम्सुल हकले बन्दाबन्दीका कारण परिवार पाल्न समस्या भएको बताएकाछन् । पहिलो चरणको लकडाउनमा केही ब्यापारी र स्थानीय तहले राहत वितरण गरेको भएपनि पछिल्लो समय कतैबाट खाद्ययान्न राहत नपाउदा परिवारको पेट पाल्न समस्या भएको उनले गुनासो गरेकाछन् । जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा रहेका साना तथा ठुला होटल बन्द हुदा ती होटलमा काम गर्ने मजदुरको रोजगारीनै गुमेको छ ।