अशोक पहाडी,
बिजयपुर,२४ भदौ /
जिल्लाको फतुवा बिजयपुर नगरपालिका पछिल्लो समय जिल्लाकै भ्रष्ट नगरका रुपमा चिनिदै आएको छ । सो नगरपालिकाका लेखापाल र अन्य कर्मचारीको मिलेमतोमा नगरपालिकामा अनियमिताले जरागाडेको स्थानीयको भनाइ रहेको छ ।
सो नगरपालिकाका स्वास्थ सहसंयोजक प्रभु पटेलद्धारा भएको भ्रस्टाचारले नगरमा चर्चा पाईरहेको बेला नगरपालिकामा दिवा खाजा कार्यक्रममा समेत ब्यापक अनियमिता भएको पाइएको छ ।
सह संयोजक पटेल र लेखापाल नविन यादवको मिलोमतोमा निकासा भएको ४५ लाखरुपैयाको छानबिन गर्न मेयर गोपाल प्रसाद यादवले तयारी गरीरहेकै बेला माबी बिजयपुरका हेडमास्टर सुदामा राय यादवले दिवा खाजाको नाउमा १० लाख रुपैया निकासा गराएको पाईएको छ । विद्यालय बन्द रहेको अवस्थामा दिवा खाजाको पैसा निकाशा भएको हो ।
हेडमास्टर सुदामा राय यादवले गत बर्ष ४ लाख ७५ हजार र यसबर्ष ५ लाख भन्दा बढी रुपैया दिवाखाजाको नाउमा निकालेर अनियमितता गर्न लागेको खाजा समितिका अध्यक्ष तथा वडा अध्यक्ष उमाशंकर साहले आरोप लगाएका छन ।
कक्षा १ देखी ५ सम्म विद्यालयमा पढने विद्यार्थीलाई दिवाखाजा दिने नाउमा हेडमास्टर यादवले गत र यसबर्ष गरी १० लाख रुपैया निकासा गराएका छन । निकासा भएको रकम बितरण गर्न पटक पटक भन्दा कहिले शिक्षकको तलब दिएको त कहिले बिभाग बाट लेखाएर ल्याउनुस , अनी मात्र बितरण गर्छु भन्दै हेडमास्टर सुदामा यादव पन्छने गरेको वडा अध्यक्ष उमाशंकर साह सार्वजनिक रुपमै बताएका छन ।
पछिलो एक बर्ष देखी गलत हर्कत गर्दापनी हेडमास्टर सुदामा यादवको डरले कुनै जनप्रतिनिधी पत्रकार,अभिभावक कसैले बिरोध गर्न नसकेको वडा अध्यक्ष उमाशंकर साहले गुनासो गरेका छन ।
माबी बिजयपुरका प्रधानाध्यापक सुदामा यादवले विद्यार्थी संख्याको आधारमा यस पटक केकती रकम खातामा आयो लकडाउनको कारण थाहा न भएको बताए ।
गतचैत्र ११ गते अर्थात लकडाउन अघिसम्म विद्यार्थीलाई दिवाखाजा खुवाएको त्यस पछी लकडाउनको अवधिमा खुवाउन नसकेकाले विद्यालयको खातामा रहेको रकम नगरपालिकाले आदेश दिएमा फिर्ता गर्ने प्रधानाध्यापक यादवले बताएका छन ।गतबर्षको रकम बारे गोल मटोल कुरोगर्दै स्पस्ट जवाफ नदिएर यादव पन्छिएका छन ।
फतुवा बिजयपुरको अधिकांस विद्यालयमा दिवाखाजाको नाउमा गतबर्ष र यस आर्थिक बर्षमा लाखौंरुपैया निकासा भएको छ ।तर निर्वाचित जनप्रतिनिधीले पार्टीगत कर्मचारीको नाउमा ढाकछोप गर्न खालेको कारण दिवाखाजामा आउने रकममा भ्रस्टाचार बढेको छ ।