चन्द्रनिगाहपुर,२१ साउन ।
रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा बिहिबार कोरोना बिरुद्धको खोप अभियान संचालन गर्न खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले प्रथम चरणको खोप अभियान संचालनको लागि चन्द्रपुर,गढीमाई कटहरिया नगरपालिका अन्र्तगत ६ वटा खोप केन्द्रबाट साउन २५ गते देखी २७ गते सम्म खोप लगाउने निर्णय गरेको छ । त्यस्तै गुजरा,बृन्दावन ,फतुवा बिजयपुर ,देवाही गोनाही नगरपालिका अन्र्तगत ५ वटा खोप केन्द्र माफर्त खोप लगाउने व्यावस्था गरिएको छ ।
गरुडा नगरपालिकामा ९ वटा खोप केन्द्र र मौलापुर नगरपालिकामा ४ वटा खोप केन्द्रबाट सर्बसाधारणलाई खोप लगाउन व्यावस्था गरिएको छ
यी सवै खोप केन्द्रमा साउन २५ गते देखी २७ गते सम्म खोप लगाईने व्यावस्था रहेको छ ।
दोस्रो चरणमा गौर नगरपालिकामा ९ वटा खोप केन्द्र ,राजदेवीमा ७ ,ईशनाथ र परोहामा ६–६ वटा खोप केन्द्र ,दुर्गा भगवती,राजपुर,बौधीमाई र यमुनामाई नगरपालिकामा ५–५ वटा खोप केन्द्र मार्फत साउन ३० गतेदेखी ३२ गते सम्म खोप लगाईने छ ।
जिल्लाको माधव नारायण नगरपालिकामा ८ वटा खोप केन्द्र मार्फत ३० देखी ३२ गते सम्म खोप लगाईने रौंतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
बैदेशिक रोजगारीमा जाने रौतहटका नेपाली नागरिकहरुका लागि जिल्ला प्रशासन कार्यलय रौतहटले पासपोर्ट तथा भिसाको फोटो कपी सहित साउन २२ गते शुक्रबार तथा साउन २९ गते जान्सेन खोप लगाउने व्यावस्था जिल्लाभर रहेको जनाएको छ । २०७८ साउन २२ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








